Sunday 28th April 2024

मन्त्रिपरिषद् बिस्तार विरुद्धको रिटमा आज सुनुवाई


तीतोपाटी डटकम-काठमाडौं । मन्त्रिपरिषद् विस्तार बिरुद्ध परेको रिटमा मंगलबार सुनुवाई हुँदै छ । मन्त्रिमण्डल पुनर्गठन खारेज गर्न माग गर्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र सितादेवी श्रेष्ठ सहित पाँच जनाले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

मन्त्रिपरिषद् विस्तार बिरुद्धको रिटमा भर्चुअल माध्यमबाट सुनुवाई गर्नेगरी सर्वोच्च अदालतले पेशी तोकेको छ । केपी शर्मा ओलीले जेठ २१ मा गरेको मन्त्रिपरिषद् विस्तार असंवैधानिक भएको रिट निवेदकले दावी गरेका छन् । प्रधानमन्त्रीले जसपाका महन्त ठाकुर पक्षलाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका थिए ।

‘विश्वासको मत लिन नसकेका प्रधानमन्त्री संविधानको धारा ७७ (३) अनुसार कामचलाउ भएको हुनाले मन्त्रिपरिषद् विस्तर गर्न नमिल्ने भएकाले सो कदम खारेज गर्न मग गरेका छौं’ अधिवक्ता सितादेवी श्रेष्ठले रातोपाटीसँग भनिन् ।

साभार-रातोपाटी डटकम


सम्बन्धित शीर्षकहरु

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन…

प्रतिकृयाहरू
...