Thursday 29th October 2026

कुवेतमा हिजोको गर्मी, १४३ राजधानी मध्ये प्रथम सूचीमा


तितोपाटी- कुवेतको मौसममा गत केही दिनमा ठूलो परिवर्तन देखिएको छ। देशका धेरैजसो भागमा मौसम एकदम तातो हुँदैछ। यसैबीच, अबकुवेतको मौसम विभागले एउटा ठूलो घोषणा गर्दै यो घोषणा मौसम परिवर्तनको बारेमा रहेको बताएको छ।

अल–राई दैनिकका अनुसार, हिजो शनिवारको दिन  उच्च तापमान रेकर्डका अनुसार कुवेत संसारभरिका १४३ राजधानी मध्य प्रथमसूचीमा रहेको थियो ।

अत्यधिक गर्मी बढेपछि मौसम र मौसम मामिलामा विशेषज्ञता प्राप्त नर्वेलीय टाईम & डेट वेबसाइटका अनुसार  हिजो बिश्वमा सबैभन्दा धेरै गर्मी कुवेतमा भएको बताएको छ भने हिजो राती तापमान ३२ डिग्रीसम्म पुगेको र उक्त समयमा, २२ किलोमीटर प्रती घण्टा हावाचलेको बताइएको  छ। कुवेत मौसम विभागको तथ्यांकनुसार अब्दाली र जहरामा तापमान ५० डिग्री सेल्सियस सम्म पुगेको र अन्यक्षत्रमा भने ४८ डिग्री सेल्सियस सम्म पुगेको बताउदै , आगामी केही दिनहरुमा पनी गर्मी यसरीनै कायम रहीरहने जनाएको छ।


सम्बन्धित शीर्षकहरु

काठमाडौंको यातायात व्यवस्थापनलाई सहज बनाउन निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल…

वैज्ञानिकहरूले पृथ्वीको गहिरो भागमा रहेको पग्लिएको चट्टान (म्याग्मा) भित्र ठूलो मात्रामा अक्सिजन लुकेको हुन सक्ने नयाँ तथ्य पत्ता लगाएका छन्।…

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

प्रतिकृयाहरू
...