Sunday 1st November 2026

बेलायतका पत्रकारको चुनावी दौड शुरु, अध्यक्षमा चार जनाको उम्मेदवारी


तीतोपाटी डटकम-नेपाल पत्रकार महासंघ यूके शाखाको आगामी १३ जुनमा हुने निर्वाचनका लागि अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको छ ।आइतबार साँझ निर्वाचन समितिले प्रकाशन गरेको उम्मेदवारको पहिलो नामावलीअनुसार अध्यक्षमा बिमला सेने, ध्रुवराज अर्याल, श्यामकुमार लुइँटेल र विपिन निरौलाको उम्मेदवारी परेको हो ।

शाखाको वरिष्ठ उपाध्यक्ष पदमा दिनेशकुमार परियार र सन्जयभक्त कँडेलले उम्मेदवारी दिएका छन् । खुला उपाध्यक्षमा शिव भण्डारी र एभरेष्ट गौतमको उम्मेदवारी छ ।महिला उपाध्यक्षमा प्रमिला लाबुङ राईको मात्र उम्मेदवारी परेको छ । महासचिव पदमा नरेन्द्र कुमार बस्नेत (नरेन्द्र बस्नेत) र जगन्नाथ (जगन) कार्कीको उम्मेदवारी परेको छ ।

दुई जना निर्वाचित हुने सचिव पदमा मन्जु भण्डारी र खेमराज रानाभाटको उम्मेदवारी परेको छ भने कोषाध्यक्षमा सविन्द्रकुमार गुरुङ तथा सह-कोषाध्यक्षमा सुरेन्द्र इङनामको उम्मेदवारी परेको छ ।

६ सदस्यका लागि विश्वासदीप तिगेला, गोमा राना, जयराम तामाङ र नगेन्द्रराज नेम्वाङको मात्र उम्मेदवारी छ ।

शाखाको निर्वाचन पोष्टल र प्रत्यक्ष रुपमा गर्ने तयारी छ । नयाँ कार्यसमिति चयनका लागि रमेश सराङकोटीको संयोजकत्वमा नवीन पोखरेल, चिरन शर्मा, केशव भण्डारी र संगीता मरहट्ठा सम्मिलित निर्वाचन समिति गठन भएको थियो । निर्वाचन समितिको कानुनी सल्लाहकारमा सोलिसिटर दीपक भट्टराई छन् ।

महाधिवेशनका लागि नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार भगीरथ योगीलाई केन्द्रिय प्रतिनिधिका रुपमा खटाएको छ।

साभार-रातोपाटी डटकम


सम्बन्धित शीर्षकहरु

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

काठमाडौँ, ३१ अक्टोबर। हिन्दू धर्मावलम्बीका धार्मिक मान्यता र भारतीय चिकित्सकबारे अपमानजनक टिप्पणी गरेको भिडियो सार्वजनिक भएपछि इजरायली–अमेरिकी यहुदी धर्मगुरु योसी…

प्रतिकृयाहरू
...