Wednesday 26th August 2026

अनेसासले मनायो महानन्द जयन्ती


तीतोपाटी डटकम-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिवार भाषाशास्त्री महानन्द सापकोटाको १२५ औँ जन्मजयन्ती मनाएको छ । ‘नेपाली निर्वचन’ नामक ग्रन्थका लागि दर्शन-विज्ञान विधामा २०२७ सालको मदन पुरस्कार प्राप्त गरेका सापकोटाका डेढदर्जन साहित्यक कृति प्रकाशित छन् । अनेसास जर्जिया च्याप्टरको सहयोगमा अनेसास केन्द्रले आयोजना गरेको यो कार्यक्रमलाई ‘ अनेसास अनलाइन संवाद’को ५४औँ श्रृङ्खलाको रुपमा प्रस्तुत गरिएको हो ।

वरिष्ठ साहित्यकार मोहन सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको पहिलो सत्रमा डा. शंकर सुब्बा फागो, तेराख, राधेश्याम लेकाली, गीता सापकोटा, महेश प्रसाई, डा. संजीव सापकोटा, रोहिणी शर्मा, सुशील पौडेल, सर्वज्ञ वाग्ले, किरण मानिके , रमाकान्त सापकोटालगायतले साहित्यकार महानन्द सापकोटाको बारेमा प्रकाश पारेका थिए ।

यसैगरी कार्यक्रमको दोस्रो सत्रमा आयोजित कविता प्रतियोगीतामा दुई दर्जन प्रतियोगी कविले कविता वाचन गरे । वाचित कविता मध्येबाट प्रभा भट्टराई, पदम विश्वकर्मा र गोवर्द्धन पूजा संलग्न निर्णायक समितिले केशव भण्डारी(नेपाल), विन्दा पराजुली( जापान) र रत्न विरही (नेपाल)को कवितालाई उत्कृट तीन छनोट गरेर जनही एकएक सय अमेरिकी डलर नगद पुरस्कारले सम्मानित गरेको छ । पुरस्कारको प्रायोजन अनेसास बोर्डअफ ट्र्स्टीका सल्लाहकार रोहिणी शर्माले गरेका हुन् ।
अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अतिथि कविहरू तीर्थराज अधिकारी, पुरु सुवेदी, राम लामा अविनाशी, राजेन्द्र श्रेष्ठ, विमला निरौला, तारा अधिकारी, चन्द्रा न्यौपाने, हरिलाल शर्मालगायतले पनि सिर्जना वाचन गरे ।

पूर्वी नेपालको इलाम जिल्लाको इरौँटार देवानछापमा वि.सं. १९५३ साल वैशाख ३० मा जन्मेका सापकोटाको २०३५ साल असार १ मा देहावसान भएको थियो । अनेसासले विगत पाँच वर्षदेखि वार्षिक रुपले सापकोटाको सम्मानमा कार्यक्रम गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...