Saturday 26th September 2026

साउदी अरबले ११ देशबाट प्रतिबन्ध हटायो


तितोपाटी- साउदी अरबले ११ देशबाट यात्रा प्रतिबन्ध हटाएको छ । यसमा अमेरिका र बेलायत पनि समावेश छ । साउदी अरबले कोरोनाभाइरसको संक्रमणलाई फैलनबाट रोक्नका लागि यो प्रतिबन्ध लगाएको थियो । गृहमन्त्रालयका एक अधिकारीले त्यहाँको सरकारी समाचार एजेन्सी एसपीएसँग सोमबार जुन देशमा यात्रा प्रतिबन्ध हटाइएको छ, त्यहाँ महामारीको स्थितिलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको बताए ।

गृह मन्त्रालयका अनुसार यी देशमा कोरोना संक्रमण नियन्त्रणमा छ ।साउदीले कूल २० देशमा यात्रा प्रतिबन्ध लगाएको थियो तर अब ११ देशबाट यो प्रतिबन्ध हटाइएको छ । यात्रा प्रतिबन्ध हटाइएका देश – यूएई, जर्मनी, अमेरिका, आयरल्याण्ड, इटली, पोर्चुगल, यूके, स्वीडेन, स्विटजरल्याण्ड, फ्रान्स र जापान हुन् । यद्यपि, यी देशबाट आउने मानिसहरुलाई क्वारेन्टिनमा बस्नुपर्नेछ ।

यो निर्णय आजबाट लागू भएको छ । यो महिनाको सुरुवातमा साउदीले अन्तरराष्ट्रिय यात्रा प्रतिबन्धको सुरुवात गरेको थियो । साउदीको राष्ट्रिय एयरलाइन्सा सेवा कूल ४३ अन्तरराष्ट्रिय स्थानका लागि बहाल गरिएको थियो । रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...