Friday 30th October 2026

इराकसँग खेल्दै नेपाल


तितोपाटी- नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल अन्तर्गत आज (शनिबार) इराकसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले इराकको बसरास्थित अल फयहा अन्तर्राष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति १०ः१५ बजेबाट सुरु हुनेछ । नेपाल तुलनात्मक रुपमा इराकभन्दा कमजोर छ । तर, नेपाली टोलीका मुख्य प्रशिक्षक अलमुताईरीले यसपटक नेपाली टिममा युवा खेलाडीलाई स्थान दिएका छन् । नेपाली टोलीमा हाल ६ जना नयाँ खेलाडीले स्थान बनाएका छन् ।
उनीहरुले पहिलोपटक राष्ट्रिय टोलीबाट खेल्दैछन् ।
नयाँ खेलाडी स्थान दिएका अलमुताईरीले यो पटक टोलीको प्रदर्शन उत्कृष्ट हुने बताएका छन् । नेपाली टोलीमा आफूले दिएको परिवर्तनलाई पछि आउने खेलका लागि राम्रो हुने उनको दाबी छ ।
आफूभन्दा माथिल्लो स्तरको टोलीसँग खेल्न लागेको नेपालले अहिले सुखद नतिजा निकाल्ने योजना बनाएको छ । फिफा वरीयतामा नेपालभन्दा इराक माथिल्लो स्तरमा छ ।
फिफा वरीयतामा इराक नेपालभन्दा १०३ औं स्थान माथि छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा इराक ६८ औं स्थानमा छ । नेपाल १७१ औं स्थानमा छ । यता, नेपाल र इराकबीचको हालसम्मको नतिजा हेर्ने हो भने इराक हावी छ । नेपालले इराकसँग तीन खेल खेलेको छ । जसमा नेपाल पराजित छ ।
नेपालले हाल सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफा विश्वकप छनोट अन्तर्गत इराक समूह ‘सी’मा छ । इराकले ५ खेल खेल्दै ११ अंक जोडेर शीर्ष स्थानमा छ । दोस्रो स्थानको बहराइन ९, इरान ६, हङकङ ५ र कम्बोडियाको १ अंक छ । नेपालको भने विश्वकप छनोटको सम्भावना समाप्त भइसकेको छ । समूह ‘बी’को चौथो स्थानमा छ । अष्ट्रेलिया शीर्ष स्थानमा छ । नेपालले अब कुवेतमा अष्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेसँग खेल्ने छ ।- बाह्रखरीबाट


सम्बन्धित शीर्षकहरु

तेलअभिभ । इजरायलको संसदीय निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू नेतृत्वको गठबन्धनले बहुमत गुमाएपछि देशको राजनीति थप तनावपूर्ण बनेको छ। निर्वाचनको अन्तिम…

काठमाडौं । प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, प्रहरीका उच्च अधिकारी, राजनीतिक नेतृत्व र प्रधानमन्त्रीको नामसमेत जोडिएर बिचौलिया सञ्जालसम्बन्धी विवाद सार्वजनिक भएपछि…

नेपाल सरकारले PHP प्रणालीमा देखिएको गम्भीर साइबर सुरक्षा कमजोरी समाधान गरी ९३० वटा सरकारी वेबसाइट पुनः सञ्चालनमा आएको दाबी गरेको…

प्रतिकृयाहरू
...