Thursday 29th October 2026

अनेसासले पठायो अमेरिकी बिदेश मन्त्रीलाई पत्र


तीतोपाटी डटकम-समाचारदाता-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपालमा कोभिड पिडितको उपचारका लागि विश्व समुदाय माझ अपिल गर्ने भएको छ । यसको सुरुआत अमेरिकी बिदेश मन्त्री एन्थोनी ब्लेन्डिनलाई मंगलबार पत्र पठाएर गरेको छ ।

अमेरिकाको बिदेश मन्त्रालयमा नेपाल डेस्क हेर्ने क्रेग डेनिसनसँग कुरा गर्दै अनेसास केन्द्रीय कार्यसमितिका कोषाध्यक्ष कृष्णकुमार गिरीले संस्थाको तर्फबाट इमेल पत्र दर्ता गराएका हुन् । श्री डेनिसनले गिरीसँगको कुराकानीका क्रममा अमेरिकाले अक्सिजन र आवश्यक उपचारकालागि चाहिने सामग्रीहरु पठाउन पहल गरिसकेको र छिट्टै खोप उपलब्ध गराउने सन्दर्भमा पनि कुराकानी भइरहेको बताएका छन् ।उनले नेपालमा कोभिडका कारण भइरहेको मानवीय क्षतिप्रति अमेरिकी सरकार दुखित भएको पनि बताए ।

अनेसासले विश्वभर रहेको आफ्ना च्याप्टरमार्फत सम्बन्धित देशको विदेश मन्त्रालयमा नेपालका लागि सहयोग गर्न अपिल गरेको छ ।
समाजका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षताको हालै बसेको कार्यसमितिको बैठकले नेपालमा नेपालीहरुले भोग्नुपरेको दुखद परिस्थितिप्रति दुख ब्यक्त गरेको छ । यो अप्ठ्यारो परिस्थितिबाट छिट्टै मुक्ति मिल्नेमा पनि समाजले आशा गरेको छ ।

अनेसासले पठाएको पत्र जस्ताको तस्तै:-


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...