Wednesday 7th October 2026

अनेसासले पठायो अमेरिकी बिदेश मन्त्रीलाई पत्र


तीतोपाटी डटकम-समाचारदाता-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपालमा कोभिड पिडितको उपचारका लागि विश्व समुदाय माझ अपिल गर्ने भएको छ । यसको सुरुआत अमेरिकी बिदेश मन्त्री एन्थोनी ब्लेन्डिनलाई मंगलबार पत्र पठाएर गरेको छ ।

अमेरिकाको बिदेश मन्त्रालयमा नेपाल डेस्क हेर्ने क्रेग डेनिसनसँग कुरा गर्दै अनेसास केन्द्रीय कार्यसमितिका कोषाध्यक्ष कृष्णकुमार गिरीले संस्थाको तर्फबाट इमेल पत्र दर्ता गराएका हुन् । श्री डेनिसनले गिरीसँगको कुराकानीका क्रममा अमेरिकाले अक्सिजन र आवश्यक उपचारकालागि चाहिने सामग्रीहरु पठाउन पहल गरिसकेको र छिट्टै खोप उपलब्ध गराउने सन्दर्भमा पनि कुराकानी भइरहेको बताएका छन् ।उनले नेपालमा कोभिडका कारण भइरहेको मानवीय क्षतिप्रति अमेरिकी सरकार दुखित भएको पनि बताए ।

अनेसासले विश्वभर रहेको आफ्ना च्याप्टरमार्फत सम्बन्धित देशको विदेश मन्त्रालयमा नेपालका लागि सहयोग गर्न अपिल गरेको छ ।
समाजका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षताको हालै बसेको कार्यसमितिको बैठकले नेपालमा नेपालीहरुले भोग्नुपरेको दुखद परिस्थितिप्रति दुख ब्यक्त गरेको छ । यो अप्ठ्यारो परिस्थितिबाट छिट्टै मुक्ति मिल्नेमा पनि समाजले आशा गरेको छ ।

अनेसासले पठाएको पत्र जस्ताको तस्तै:-


सम्बन्धित शीर्षकहरु

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

ब्रेकिङ : अमेरिकी अधिकारीसँग सम्पर्क गरेको आरोपमा इरानी विदेशमन्त्री अराघ्चीमाथि महाभियोग प्रस्ताव दर्ता तेहरान, ६ अक्टोबर २०२६। इरानी संसदमा विदेशमन्त्री…

प्रतिकृयाहरू
...