Thursday 12th November 2026

कुवेत सरकारद्वारा प्रतिबन्धित नेपाल सहित अन्य ४ देशहरुमा सिधा उडान भर्न अनुमती


तितोपाटी– विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड– १९ संक्रमण नियन्त्रणका लागि कुवेतसरकारद्वारा पाँच देशमाथीलागूगरिएको प्रतिबन्ध (KIA) मार्फत पुन: लामो समय पछी नियमित उडान भर्न अनुमती दिएको छ।

बिगतमा बढ्दो कोरोना महामारीका कारण कुवेतले यी पाँच देशमा प्रत्यक्ष उडानहरू अनिश्चित कालका लागि स्थगित गरेको थियो।  नागरिक उड्डयन महानिर्देशालय (डिजीसीए) कुवेतले मंगलबार, मे १८ तारिक देखि पाँच प्रतिबन्धित देशहरू – भारत, नेपाल, पाकिस्तान, बंगलादेश, र श्रीलंकामा सिधा उडानहरू पुनः सुरु गर्न अनुमोदन गरेको छ, यद्यपि माथि उल्लेखित देशहरूबाट कुवेत आउनेयात्रीहरूकालागी भने प्रतिबन्धित कायम रहेको छ।

अरबटाईम्स कुवेतका अनुसार यी राष्ट्रका नागरिकहरुको यात्रा सहज पार्न उक्त अनुमोदन जारी गरिएको हो। कुवेतले कोरोनाको तिब्रगतिमा फैलिए संगै यी पाँच देशका उडानमा प्रतिबन्ध लगाएको थियो ।

भारत, पाकिस्तान, नेपाल, श्रीलंका, र बंगलादेशको यात्रा गर्ने यात्रीहरू केआईएबाट सिधा आफ्नो देशमा यात्रा गर्न सक्ने छन।कुवेतअन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ यी पाँच देशमा एक परिपत्र जारी गरी (केआईए) द्वारा सञ्चालन कुवेत एयरवेज रजजीरा एयरवेज लगायत ती देशहरूको एयरलाइन्स कम्पनीले उडान सञ्चालन गर्न अनुमती पाएका छन।

कुवेत सरकारद्वारा उडानमा अनुमती पाए पनी पछिल्लो समय नेपालमा कोरोनाको दोश्रो लहर संगै नेपाल सरकारले भने मध्यपूर्व बाट हुनेउडानहरुलाई आगामी में ३१ सम्मका लागी प्रतिबन्ध लगाएको छ।


सम्बन्धित शीर्षकहरु

खाडी सहयोग परिषद् (जीसीसी) का ६ सदस्य राष्ट्रले कुवेतमा संयुक्त सैन्य कमान्डको अग्रिम मुख्यालय स्थापना गर्ने र त्यसमा आवश्यक सैन्य…

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका…

भाइटीकालाई भारतमा मनाइने रक्षाबन्धनकै अर्को रूप भन्ने गरिएको सुनिन्छ। यसमा केही समानता अवश्य छन्, तर यी दुई पर्व पूर्णतः एउटै…

प्रतिकृयाहरू
...