एम्बुलेन्सको आवाज सुन्दा यो मन सिरिङ्ग भयो ।
काडाँ उम्रे झैं शरीरमा डरले जिउ जिरिङ्ग भयो ।
सोचे जस्तो कहाँ छ र हजुर जिन्दगी जिउन पनि
पिडाबोध र आत्माग्लानीले सबै लथालिङ्ग भयो ।।
रहर भन्दा कडा रहेछ यो कोरनाको कहर पनि ।
गाउँ बस्ति सुनसान छ रमाईलो छैन शहर पनि ।
स्तब्ध हुन्छ मन एका एक मृत्युका खबर सुन्दा
डरत्रासले मात्रै छाएको छ दिनरातको प्रहर पनि ।।
यस्तो लाग्छ कहिलेकाही त यो मानव जिन्दगानी ।
ठान्न सके अमुल्य उपहार हो नत्र कर्कलाको पानी ।
परोपकार गर्न सकूँ मन मिठो बचन र कर्मले सधैं
सके सम्म फाईदा होस नहोस कसैलाई पनि हानी ।।
शुचिता काफ्ले ।
सुकेधारा काठमाण्डौ।