Wednesday 16th September 2026

सुचिता काफ्लेका ३ मुक्तकहरू


एम्बुलेन्सको आवाज सुन्दा यो मन सिरिङ्ग भयो ।
काडाँ उम्रे झैं शरीरमा डरले जिउ जिरिङ्ग भयो ।
सोचे जस्तो कहाँ छ र हजुर जिन्दगी जिउन पनि
पिडाबोध र आत्माग्लानीले सबै लथालिङ्ग भयो ।।

रहर भन्दा कडा रहेछ यो कोरनाको कहर पनि ।
गाउँ बस्ति सुनसान छ रमाईलो छैन शहर पनि ।
स्तब्ध हुन्छ मन एका एक मृत्युका खबर सुन्दा
डरत्रासले मात्रै छाएको छ दिनरातको प्रहर पनि ।।

यस्तो लाग्छ कहिलेकाही त यो मानव जिन्दगानी ।
ठान्न सके अमुल्य उपहार हो नत्र कर्कलाको पानी ।
परोपकार गर्न सकूँ मन मिठो बचन र कर्मले सधैं
सके सम्म फाईदा होस नहोस कसैलाई पनि हानी ।।

शुचिता काफ्ले ।
सुकेधारा काठमाण्डौ।


सम्बन्धित शीर्षकहरु

नेपालले २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबल प्रतियोगितामा बुधबार घरेलु टोली जापानको सामना गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो ४ः०५ बजे जापानको…

चीनले सांघाई नजिकको समुद्री क्षेत्रबाट एकैपटक ९ वटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। बुधबार बिहान ग्राभिटी–१ वाई३ रकेटमार्फत प्रक्षेपण…

साउदी अरेबियाले मंगलबार इस्लाम धर्मको सबैभन्दा पवित्र सहर मक्काको बाहिरी क्षेत्रमा हुथी विद्रोही समूहको एक ड्रोन खसालेको जनाएको छ। यस…

प्रतिकृयाहरू
...