Saturday 31st October 2026

सेनाका अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन


नेपाली सेनाले अवकाशप्राप्त सैनिक स्वास्थ्यकर्मीलाई सेवामा फर्किन तयार रहन निर्देशन दिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले २०७२ साल भन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश पाएका स्वास्थ्यकर्मीलाई आवश्यक परेका बेला बोलाउन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन जारी गरेको हो ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या अत्यधिक बढेपछि सेनाले अवकाश पाएका आफ्ना स्वास्थ्यकर्मीलाई पनि तयारी अवस्थामा रहन भनेको हो । नेपाली सेनाले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सेनाको थप भूमिकाको पूर्वानुमान एवं कार्यान्वयनका लागि विभिन्न योजना तर्जुमा र आवश्यक तयारी गरिरहेको पनि जनाएको छ ।

-अनलाइन खबरबाट

 


सम्बन्धित शीर्षकहरु

लगातार वर्षा भएपछि रोशी गाउँपालिका–९ पिन्थली र रोशी गाउँपालिका–८ गिम्दीबेँसी क्षेत्रमा पहिरो खसेर बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।…

मध्यपूर्वमा जारी तनावबीच Iran’s Islamic Revolutionary Guard Corps (IRGC) ले Strait of Hormuz मा चारवटा तेल ट्यांकरमा आगलागी र विस्फोट…

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा व्यापक आर्थिक अनियमितता भएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले संस्थानका…

प्रतिकृयाहरू
...