Monday 26th January 2026

धर्मिला कार्कीको गजल संग्रह – २१


बहर- मुतकारिब मुसम्मन सालिम

हिजोआज राम्रो खबर छैन मेरो ।
युगौंसम्म बाँच्ने रहर छैन मेरो ।

हराएर आशा गयो जिन्दगीमा,
शिखर चढ्न खोज्ने सफर छैन मेरो ।

भएको छ गाह्रो विगत भुल्नलाई,
खुसी झल्किएको अधर छैन मेरो ।

लगाएर पर्दा तिमी झैं चियाई,
लुकी हेर्न खोज्ने नजर छैन मेरो ।

बसेको छु है पिंजडामा म रोई,
बगेको छ खोला बगर छैन मेरो ।

रमाउन्न भौतिक जगतमा फसेर,
बुझेको छु जीवन अमर छैन मेरो ।

-धर्मिला कार्की
चिसङ्खुगढी-३, ओखलढुङ्गा
हाल: महाराजगन्ज-३, काठमाडौँ


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...