Saturday 19th September 2026

कविताः कतै तिमी -इन्द्र बोन्तावा ‘देवा’


कतै तिमीले बिर्सिदियौ कि मानवताका कर्तव्यहरु,
कतै तिमीले बिर्सिदियौ कि बा-आमाको मीठो सपनाहरु ।

चिनाउनु छ तिमीले सगरमाथाको देश नेपाल भनेर,
लेखाउनु छ नाम इतिहासमा तिमीले अमर बनेर ।

कतै तिमी लट्ठी बस्यौ कि तिलश्मिको जालोमा,
कतै तिमी भुलिगयौ कि क्षणिक सपनाको जालोमा ।

देखाउनु छ तिमीले नेपाली वीर सपूत बनेर,
सिंगार्नुछ तिमीले नेपाललाई मातृभूमि भनेर ।

कतै तिमी अल्झिबस्यौ कि रङ्गिचङ्गि फूलहरुमा,
कतै तिमी रमाइबस्यौ कि अथाह नशालु आनन्दमा ।

-इन्द्र बोन्तावा ‘देवा’
कटुन्जे, भोजपुर
हालः महरूभूमिको देश कुवेत ।


सम्बन्धित शीर्षकहरु

दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत ग्यिरोङ काउन्टीमा अगस्ट २६ मा गएको भीषण हिमपहिरो तथा माटो–ढुंगासहितको बाढीमा हालसम्म ४३ जनाको मृत्यु…

असोज २ । सिराहा र धनुषालाई जोड्ने हुलाकी राजमार्गअन्तर्गतको कमला नदी पुल निर्माण सुरु भएको करिब १५ वर्षपछि अन्ततः सञ्चालनको…

रूसमा युक्रेन युद्ध सुरु भएको चार वर्षभन्दा बढी समयपछि संसदीय चुनाव सुरु भएको छ। चुनावको नतिजा लगभग निश्चित मानिए पनि…

प्रतिकृयाहरू
...