Monday 22nd December 2025

कविताः कतै तिमी -इन्द्र बोन्तावा ‘देवा’


कतै तिमीले बिर्सिदियौ कि मानवताका कर्तव्यहरु,
कतै तिमीले बिर्सिदियौ कि बा-आमाको मीठो सपनाहरु ।

चिनाउनु छ तिमीले सगरमाथाको देश नेपाल भनेर,
लेखाउनु छ नाम इतिहासमा तिमीले अमर बनेर ।

कतै तिमी लट्ठी बस्यौ कि तिलश्मिको जालोमा,
कतै तिमी भुलिगयौ कि क्षणिक सपनाको जालोमा ।

देखाउनु छ तिमीले नेपाली वीर सपूत बनेर,
सिंगार्नुछ तिमीले नेपाललाई मातृभूमि भनेर ।

कतै तिमी अल्झिबस्यौ कि रङ्गिचङ्गि फूलहरुमा,
कतै तिमी रमाइबस्यौ कि अथाह नशालु आनन्दमा ।

-इन्द्र बोन्तावा ‘देवा’
कटुन्जे, भोजपुर
हालः महरूभूमिको देश कुवेत ।


सम्बन्धित शीर्षकहरु

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

प्रतिकृयाहरू
...