Friday 18th September 2026

अमेरिकाले इरानका वद्यालयमा गरेको आक्रमण युद्ध अपराध हुन सक्नेः यूएन


संयुक्त राष्ट्रसंघ (यूएन) को नयाँ प्रतिवेदनले इरानमा युद्धको सुरुवातमा अमेरिकाले गरेको दुई हवाई आक्रमण युद्ध अपराध हुन सक्ने जनाएको छ।

प्रतिवेदन अनुसार, २८ फेब्रुअरी २०२६ मा इरानको दक्षिणी शहर मिनाबस्थित एक प्राथमिक विद्यालयमा भएको अमेरिकी आक्रमणमा १२० बालबालिका, २६ शिक्षकसहित कम्तीमा १५६ जनाको मृत्यु भएको थियो। सोही दिन लामेर्द शहरको खेलकुद केन्द्र र आवासीय क्षेत्रमा गरिएको अर्को आक्रमणमा २२ सर्वसाधारण मारिएका थिए।

अनुसन्धान टोलीले दुवै स्थान स्पष्ट रूपमा नागरिक प्रयोजनका लागि प्रयोग भइरहेका ठाउँ भएको र सैन्य गतिविधिको कुनै प्रमाण नभेटिएको जनाएको छ। त्यसैले यी आक्रमणलाई “अन्धाधुन्ध हमला” भन्दै अमेरिकी पक्षले युद्ध अपराध गरेको हुन सक्ने निष्कर्ष निकालिएको छ। यूएन अनुसन्धान टोलीले यी आक्रमणहरूमा नागरिकको ज्यान र सम्पत्तिमा ठूलो क्षति पुगेको भन्दै अमेरिकाले अन्तर्राष्ट्रिय मानवीय कानुन उल्लंघन गरेको हुन सक्ने निष्कर्ष निकालेको हो।

अमेरिकी सरकारले भने उक्त प्रतिवेदनलाई विश्वसनीय नरहेको बताएको छ। पेन्टागनले घटनाबारे आफ्नै अनुसन्धान जारी रहेको जनाएको छ। प्रारम्भिक जानकारी अनुसार, पुरानो गुप्तचर सूचनाका कारण नजिकैको इरानी सैन्य अड्डालाई लक्ष्य बनाउँदा विद्यालयमा पनि आक्रमण हुन पुगेको हुन सक्ने बताइएको छ।

प्रतिवेदनमा इरान सरकारले सन् २०२५-२६ मा सरकारविरुद्ध भएका प्रदर्शनहरू दबाउन गरेको कारबाहीमा पनि हजारौं मानिस मारिएको, यातना दिइएको र व्यापक मानवअधिकार उल्लंघन भएको उल्लेख गर्दै त्यसलाई मानवताविरुद्धको अपराध को संज्ञा दिएको छ।


सम्बन्धित शीर्षकहरु

दैनिक कति घण्टा सुत्नु पर्याप्त हुन्छ भन्ने प्रश्न धेरैको मनमा हुन्छ। सामान्यतया ६ देखि ८ घण्टाको निद्रालाई पर्याप्त मानिन्छ। तर…

कुवेतको हावली गभर्नरेट सुरक्षा निर्देशनालयले कुवेत नगरपालिका र सार्वजनिक खाद्य तथा पोषण प्राधिकरणसँगको सहकार्यमा व्यापक सुरक्षा अभियान सञ्चालन गरेको छ।…

गत भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी र हिमपहिरोमा मानवजनित जलवायु परिवर्तनले महत्वपूर्ण भूमिका खेलेको वैज्ञानिकहरूको नयाँ…

प्रतिकृयाहरू
...