Sunday 18th October 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोख्रेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता


लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। कांग्रेस, माओवादी केन्द्र र जसपाले मुख्यमन्त्री पोख्रेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।

यसैगरि आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ। केहीबेर अघि ४१ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको प्रदेशसभा सदस्य ईन्द्रजीत चौधरीले जानकारी दिए। उनका अनुसार माओवादी केन्द्रका १७, कांग्रेसका १९ र जसपाका ५ सांसदले हस्ताक्षर गरेका छन्। जसपाका एक सांसदले भने हस्ताक्षर नगरेको उनले बताए। यसैगरि संसदमा रहेका राजमोका एक सांसदले पनि हस्तक्षर गरेका छैनन्।  संसदमा रहेका कुल ८५ सांसदमध्ये बहुमतका लागि ४३ मत आवश्यक पर्छ। मुख्यमन्त्री पोखरेलसंग पनि ४१ मत मात्रै रहेको छ।

-नागरिक न्युजबाट


सम्बन्धित शीर्षकहरु

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी…

भारतमा उपग्रहमा आधारित इन्टरनेट सेवा सुरु गर्ने विषयलाई लिएर विश्वका दुई ठूला व्यवसायिक समूहबीच सार्वजनिक बहस चर्किएको छ। एलन मस्कको…

प्रतिकृयाहरू
...