Thursday 18th June 2026

सर्वदलीय वैठकमा प्रधानमन्त्रीको आग्रह : एमसीसी अघि बढाउन सघाउनु पर्‍यो


प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको सर्वदलीय वैठक विशेष गरी तीन एजेण्डामा छलफल गर्दै सकिएको छ ।बैठकमा विभिन्न तीन एजेण्डामा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकपछि परराष्ट्र मन्त्री तथा एमाले नेता प्रदीपकुमार ज्ञवालीले बढ्दो कोरोना महामारीको रोकथाम तथा नियन्त्रण, रिक्त रहेको स्थानमा उपनिर्वाचन र संसदमा अड्किएको विधेयकबारे छलफल केन्द्रीत भएको जानकारी दिए । तीन एजेण्डामध्ये एमसीसी सम्झौताको विषय जोड्तोडका साथ उठेको छ । प्रधानमन्त्री केपी ओलीले एमसीसी सम्झौता अघि बढाउन सरकारलाई सहयोग गर्न कांग्रेससहितका विपक्षी दललाई आग्रह गरेका छन् ।आज बसेको सर्वदलीय बैठकमा ओलीले एमसीसी सम्झौतामा विलम्ब गर्न नहुने भन्दै सहयोगका लागि विपक्षी दलहरूलाई अपिल गरेका हुन् । ‘सभामुखले सरकारलाई असाध्यै असहयोग गर्नुभयो । उहाँ अनैतिक र अराजक देखिनु भयो । एमसीसी अघि बढाउन पनि उहाँ बाधक बन्नुभयो’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै कांग्रेस नेता रामचन्द्र पौडेलले भने, ‘आफ्नै देशको विकास खातिर भएकाले एमसीसी अघि बढाउन कांग्रेससहितका दलबाट म सहयोग अपेक्षा गर्छु ।’

जवाफमा आफूहरूले सम्झौताका केही प्रावधान परिमार्जन गरे सहयोग गर्ने प्रतिवद्धता जनाएको पौडेलले बताए । उनले सभामुखलाई दोष दिएर सरकार पन्छिन नमिल्ने जवाफ दिएको जानकारी दिए । ‘एमसीसी सम्झौताप्रति कांग्रेस पहिलेदेखि नै सकारात्मक छ । यो सदनको विषय बन्नुपर्छ तर केही विवादित प्रावधान संशोधन हुनुपर्ने जवाफ हामीले दियौं,’ पौडेलले भने ।

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...