Wednesday 7th October 2026

अलपत्र कामदारबारे यो चमत्कारी सरकार न केही सोच्छ, न केही गर्छ: गगन थापा


प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले वैदेशिक रोजगारीमा जाने कामदारबारे सरकार मौन रहेको आरोप लगाएका छन्। सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेता थापाले कामदारबारे सरकारले वेवास्ता गरेको भन्दै पीडितहरुको रोजगारीको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराए।

उनले भाषा तथा सीप उत्तिर्ण गरेर पनि रोजगारीमा जान नपाएर मजदुरीहरु महिनौंदेखि काठमाडौंमा अलपत्र परेको बताए। ‘सरकारी तथ्यांकले भन्छ वैदेशिक रोजगारीमा रहेकाले लाखौंले रोजगारी गुमाएका छन्। जुन नेपाल फर्किएका छन्, फर्केर जान पाएका छैनन्। यिनीहरुको पुनरस्थापनाको बारेमा यो चमत्कारी सरकारले न केही सोच्छ न केही गर्छ,’उनले भने।

दक्षिण कोरियाको भाषा तथा सीप परीक्षा उत्तिर्ण गरेका करिब १० हजार ५ र प्रतिवद्ध कामदार करिब २ हजार महिनौंदेखि काठमाडौंमा अलपत्र उनको भनाइ छ। यिनीहरुको बारेमा लगातार सरकारले वेवास्ता गरेको भन्दै सांसद थापाले भने,’ फिलिपिन्स, म्यान्मार श्रीलंकालगायतका देशकले आफ्ना नागरिकलाई गरेजस्तो पहल कदमी गरिदिएको भए साहेद यिनीहरुले कोरिया जान पाइसकेका हुन्थे होला।’

भाषा तथा सीप परीक्षा उत्तिर्ण गरेकाहरुका लागि सम्बन्धित मन्त्रालयले ठोस काम गरेर सदनलाई जानकारी गराउनका उनले सरकारको ध्यानाकर्षण गराए। कोभिडको प्रवाहले देशभित्रका उद्योग र पर्यटन क्षेत्रमा लाखौं नेपालीले रोजगारी गुमाएको उनले बताए।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय…

प्रतिकृयाहरू
...