Wednesday 26th August 2026

शंकर पोखरेलको प्रश्नः माओवादीका सांसद र मन्त्रीले किन एमाले रोजे ?


एमाले नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका प्रदेश सांसद र मन्त्रीहरुले सो पार्टीमा भविष्य नभएर नै एमालेतिर लागेको दावी गरेका छन् । ‘प्रदेश २ मा ४ जना प्रदेश सभासद्ले माओवादी किन छोडे ? सुपमा मन्त्रीले राजीनामा दिएर एमाले किन रोजे ? यहाँ अवसर होइन भविष्य प्रमुख बन्यो’, पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका ४ जना प्रदेशसभा सदस्यलाई पार्टीले शनिबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।२४ घण्टामा जवाफ र पार्टीभित्र नफर्किए पार्टीबाट निस्कासन गरिने माओवादीको तयारी छ। संसदीय दलको नेताबाट हटाइएका सत्यनारायण मण्डल, कुन्दन साह, ज्वाला साह र मो समिर अन्सारी माओवादी केन्द्र छाडेर एमालेमा लागेका हुन् ।यसैगरी सुदूरपश्चिम प्रदेशमा माओवादीको तर्फबाट मन्त्री बनेका झपट बोहरा पनि एमालेतिर लागेका छन् ।
-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...