Thursday 29th October 2026

कुवेतमा हाल सम्म सात लाख भन्दा बढिले कोरोनाविरूद्धको खोप लगाए


तितोपाटी- कुवेतले कोभिड-१९ विरूद्धको खोप सुरु गरेको तीन महीनामा ७ लाख ६ हजारले भन्दा बढिले कोरोना विरूद्धको खोप लगाएका छन

७ लाख ६ हजार भन्दा धेरैले कोरोना विरूद्धको खोप लगाएको यहाँको स्वास्थ्य सुरक्षा निकाय (एमओएच लाई) लाई उद्धृत गर्दै विहिबार स्थानीय सञ्चारमाध्यम अरबटाइम्सले जनाएको छ ।

अहिले कुवेतमा दैनिकरूपमा झण्डै २१ हजार जनाले खोप लगाइरहेका छन। खोप लगाएकाहरूमध्ये कुवेती नागरिक र आप्रवासी नागरिक रहेका छन। कुवेतले कोरोनाविरुद्धको खोप आप्रवासीलाई समेत आफ्नै नागरिक सरह निःशुल्क वितरण गरेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा विवरण भरेपछि सम्बन्धित व्यक्तिको मोबाइलमा खोप लगाउने दिन एकिन गरी म्यासेज दिएर खोप लगाउने व्यवस्था मिलाएको जनाएको छ । खोपपछि तीव्ररुपमा फैलिएको कोराना भाइरसको संक्रमण नियन्त्रण सहज हुने कुवेत सरकारका अधिकारीहरुले बताएका छन् ।

कुवेत स्वास्थ्य मन्त्रालयको अनुसार रमादानको अन्तिम महीना सम्म झण्डै ६० प्रतिशतले खोप लगाई सक्ने र २०२१ को अन्तिम सम्ममा कुवेतवासी सबैले खोप लगाईसक्ने बताएको छ।

यसैबीच कुवेतमा हिजो विहिबारको दिन कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १३७९ रहेको र विहिबारसम्म (कुल २ लाख ४२ हजार ८४८ व्यक्तिमा सङ्क्रमण देखिएको छ। भने हाल १४ हजार २०५ जनालाई कोभिड–१९ सङ्क्रमण उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

कुवेतमा अहिलेसम्म २ लाख ४२ हजार ८४८ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भए संगै यसमध्ये २ लाख २७ हजार २६० जना उपचारपछि निको भई घर फर्किएका छन् र हाल सम्म १ हजार ३८३ जनाको सङ्क्रमित बाट मृत्यु भएको छ ।


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...