Thursday 29th October 2026

कुवेतमा कर्फ्युको समय परिवर्तन आज देखी दैनिक १० घण्टा कर्फ्यु लागु हुने


तितोपाटी- कुवेतमा आज देखी अर्कों सूचना जारी नभए सम्मका लागी दैनिक १० घण्टा कर्फ्यु लागु हुने भएको छ।

कुवेतमा कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोक्न यस अघी कुवेत सरकारले आंशिक कर्फ्यु गत मार्च ७ तारिक देखी साँझ ५ बजेबाट बिहान ५ बजेसम्म १२ घण्टे आंशिक कर्फ्यु लगाएको थियो भने उक्त निर्णयलाई परिवर्तन गर्दै पुन: मार्च २३ तारिक देखी ११ घण्टे कर्फ्यु लागु गरेको थियो त्यस्तै पुन नियम परिवर्तन गर्दै आज देखी साँझ ७ बजेबाट बिहान ५ बजेसम्म दैनिक कर्फ्यु लगाउने भएको छ ।

त्यस्तै रेस्टूरेन्टहरुलाई भने साँझ रामदानको महीनाभरी साँझ ७ बजे देखी रातीको बिहानको ३ बजे सम्म डेलीवरी उपलब्ध गराउन अनुमति दिइएको छ भने साँझ ७ बजे देखी साँझ १० बजेसम्म सवारी साधन बाहेक आवासीय क्षेत्रहरु भित्र आवतजावत गर्ने अनुमति दिएको र आज देखी उक्त निर्णयको लागु हुने भएको छ।


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...