Thursday 24th September 2026

कुवेतमा कर्फ्युको समय परिवर्तन आज देखी दैनिक १० घण्टा कर्फ्यु लागु हुने


तितोपाटी- कुवेतमा आज देखी अर्कों सूचना जारी नभए सम्मका लागी दैनिक १० घण्टा कर्फ्यु लागु हुने भएको छ।

कुवेतमा कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोक्न यस अघी कुवेत सरकारले आंशिक कर्फ्यु गत मार्च ७ तारिक देखी साँझ ५ बजेबाट बिहान ५ बजेसम्म १२ घण्टे आंशिक कर्फ्यु लगाएको थियो भने उक्त निर्णयलाई परिवर्तन गर्दै पुन: मार्च २३ तारिक देखी ११ घण्टे कर्फ्यु लागु गरेको थियो त्यस्तै पुन नियम परिवर्तन गर्दै आज देखी साँझ ७ बजेबाट बिहान ५ बजेसम्म दैनिक कर्फ्यु लगाउने भएको छ ।

त्यस्तै रेस्टूरेन्टहरुलाई भने साँझ रामदानको महीनाभरी साँझ ७ बजे देखी रातीको बिहानको ३ बजे सम्म डेलीवरी उपलब्ध गराउन अनुमति दिइएको छ भने साँझ ७ बजे देखी साँझ १० बजेसम्म सवारी साधन बाहेक आवासीय क्षेत्रहरु भित्र आवतजावत गर्ने अनुमति दिएको र आज देखी उक्त निर्णयको लागु हुने भएको छ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...