Sunday 1st November 2026

प्रधानमन्‍त्री ओली र सभामुख सापकोटाबीच दुई घण्टा छलफल


प्रधानमन्त्री केपी ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ। आइतबार बिहान ११ बजेपछि प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख सापकोटा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्। भेटमा समसामयिक विषयमा छलफल भएके प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

‘अस्तिनैदेखि भेट्ने कुराकानी भएको थियो। आज भेटवार्ता भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने, ‘संसद्‍ सञ्चालन र संसद्‍को बिजनेशको विषयमा कुराकानी भएको छ।’

पुस ५ गते विघटन भएको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले फागुन ११ गते पुनस्र्थापना गरेपछि चार पटक संसद्‍ बैठक बसे पनि संसद्‍ले बिजनेश पाएको छैन।

सभामुख सापकोटाले संसदमा पेश गर्नुपर्ने विधेयकलाई प्राथमिकता नदिएको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट छन्। संसद्‍ बैठकको कार्यसूची तयार गर्दा छलफल नभएको भन्दै प्रधानमन्त्री ओलीले विभिन्न सञ्चारमाध्यम मार्फत् सभामुखसँगको असन्तुष्टि सार्वजनिक गर्दै आएका छन्।

आइतबार बालुवाटारमा भएको भेटमा संसद्‍लाई कसरी प्रभावकारी बनाउने र महत्वपूर्ण विधेयकलाई कसरी अगाडि बढाउने भन्ने विषयमा दुई घण्टासम्म छलफल भएको हो। प्रधानमन्त्रीसँगको भेटवार्तामा समग्र संसद्‍को प्रभावकारीताका विषयमा छलफल भएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

‘समग्र संसद्‍, संसद्‍को प्रभावकारीता, संसद्‍लाई कसरी प्रभावकारी बनाउने विषयमा छलफल भएको छ’, न्यौपानेले भने, ‘जरुरी र महत्वपूर्ण विधेयकहरुका विषयमा समेत छलफल भयो।’

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

काठमाडौँ, ३१ अक्टोबर। हिन्दू धर्मावलम्बीका धार्मिक मान्यता र भारतीय चिकित्सकबारे अपमानजनक टिप्पणी गरेको भिडियो सार्वजनिक भएपछि इजरायली–अमेरिकी यहुदी धर्मगुरु योसी…

अमेरिकाको University of Florida का अनुसन्धानकर्ताहरूले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर मानिसको कपडा लगाएको तस्बिरलाई नक्कली नग्न तस्बिरमा परिवर्तन गर्ने…

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

प्रतिकृयाहरू
...