Thursday 8th October 2026

मुख्यमन्त्री राई र पौडेलविरुद्धको अविश्‍वास प्रस्ताव नेपाल-खनाल पक्षले फिर्ता लिने


प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका प्रदेशसभा सदस्यहरुले सामूहिक रुपमा फिर्ता लिने भएको छ । प्रदेश १ मा पुस १२ र बागमती प्रदेशमा पुस १० दश गते एमालेको माधव पक्ष र माओवादी केन्द्रका सांसदहरु मिलेर अविश्वास प्रस्ताव दर्ता गरेका थिए । नेपाल- खनाल पक्षका नेता तथा प्रदेशसभा सदस्य राजेन्द्रकुमार राईले शीर्ष नेताहरु बसेर प्रदेश १ र वाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर सामूहिक रुपमा फिर्ता लिने सहमति भएको बताए ।

प्रदेश एकका मुख्यमन्त्री राईविरुद्ध हस्ताक्षर गरेका एमालेका नेपाल-खनाल पक्षका १६ जना प्रदेशसभा सदस्यहरुले हस्ताक्षर फिर्ता लिन बाँकी छ । ९३ सदस्यीय प्रदेशसभा एमालेको ५१ जना प्रदेशसभा सदस्य छन् ।यता मुख्यमन्त्री पौडेलविरुद्ध पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका ४५ सांसदले पुस १० मा प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

फ्रान्समा पछिल्ला दिनमा हिंसात्मक प्रदर्शन, प्रहरीसँग झडप, आगजनी र व्यापक पक्राउका दृश्य सार्वजनिक भइरहेका बेला इजरायल–प्यालेस्टाइन द्वन्द्वसँग जोडेर सामाजिक सञ्जालमा…

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी…

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर…

प्रतिकृयाहरू
...