Wednesday 29th July 2026

वरिष्ठ सेफ आर.बि.बुढाथोकी सम्मानित


तितोपाटी- सोल्टी क्राउन प्लाजा होटलका सुसेफ आर बि बुढाथोकी यो वर्षको उत्कृष्ट कुलिनर राइटर अन्तर्गत आज एक भब्य समारोहका बिच सम्मानित भएका छन। ग्लोबल नेपालीज सेफ फेडरेसनले हरेक बर्ष आयोजना गर्दै आएको यो अवार्ड समाहरोह कोरोना महामारीका कारण २०२० मा हुन सकेको थिएन । आज भएको सम्मान कार्यक्रममा नेपाल अधिराज्य भरका र नेपाल बाहिरका सयौ नेपाली सेफहरुको उपस्थिती थियो । बीबीसी मास्टर सेफका रनर अप सेफ सन्तोष शाहको बिशेष उपस्थितमा कुलिनरी कम्पिटिसन कार्यक्रम पनि आयोजना गरिएको थियो । ठमेलको अलफ्ट होटलमा उपस्थित सम्पूर्ण जुनियर र सिनियर सम्पूर्ण सेफहरुले खुलेर बुढाथोकीको प्रशंसा गरेका थिए । बुढाथोकीले सन २००२ बाट किचनमा आफ्नो क्यरिएर शुरु गरेका थिए र स्वदेशी तथा बिदेशी गरी दर्जनौ पाचतारे होटलमा एक जिम्बेवार पदमा रहेर काम गरीरहेका छन । बिगत ४ बर्षदेखी सोल्टी क्राउन प्लाजा होटलमा सुसेफको रुपमा काम गारेका बुढाथोकी त्रिसरा,अरिकल इभेन्टमा र ब्रिक्समा कर्पोरेट सेफका रुपमा काम गरीसकेका छन। फुर्सतको समयलाई सदुपयोग गर्दै सन्तुलित आहार बिषयमा कलम चलाऊदै आएका बुढाथोकीका कुक बुक पाच पुस्तक प्रकाशउन्पुख छन ।नेपालका सरकारी होटल म्यनेजमेन्टका कलेजमा जापानिज पाककलाका प्रशिक्षक समेत रहेका बुढाथोकी बिभिन्न पत्र पत्रीका तथा अन लाइनमा दैनिक र साप्ताहिक रुपमा पाककला र सन्तुलित आहारका बिषयमा लेख्दै आएका छन ।

को हुन बुढाथोकी
रामेछाप जिल्लाको साबिक खाडदेबी गाउ पालिका वार्ड न ६ मा पिता लाल बहादुर बुढाथोकी र माता पम्फा देबी बुढाथोकीको कोखबाट बि स २०३५ साल चैत्र १२ गते जन्मनु भएका उनको बाल्यकाल दु:खद थियो । सानै उमेरमा आमाको स्वर्गबासका कारण बुवा र दाजु भाईको रहोबरमा हुर्केका हुन । घरमा चार दाजु भाई सबै सेफ पेशामा भएका कारण पत्रकारीता पढ्दा पढ्दै होटल मेनेजमेन्टमा डिप्लोमा गरेर सन २००२ मा सेफ पेशामा होमिएका थिए । बिदेशी भुमिमा धेरै समय बिताएर नेपाल फर्केका उनले नेपाली खानाको उथ्थान र बिकासका लागि निरन्तर खोज तथा अनुसन्धान गरीरहेका छन । नेपाली खानालाई बिस्वसामु चिनाउन हाम्रो खानामा धेरै गृह कार्य गर्नु पर्छ भनी लागि परेका छन । १९ बर्षको बिदेशी तथा स्वदेशी भुमिमा काम गर्दाको अनुभबलाई संघालेर भाबी नेपाली सेफहरुलाई पनि नेपाली खानाको समय मै उचित शिक्षा दिन जरुरी सम्झेर दिनानु दिन सिप रुपान्त्रण गर्ने कार्यमा लागि परेका छन । हाम्रो कुजिन र कल्चर साथ साथ लानु पर्ने भन्ने कुरामा बिगत लामो समय देखि आबाज उठाउदै आएका छन। होटल ब्यबस्था पन बिषयमा कलेज तथा इन्च्युटहरु प्रसस्त खुलेका तर स्तरीय जनशक्ती उत्पादन हुन नसकेका कारण दु:ख मान्छन । होटल ब्यबस्थापनको जर्नल बिषयमा मास्टर गरी रहेका बुढाथोकी भोलिका दिनमा यसै बिषयमा कलम चलाई रहने प्रतिबधता ब्यक्त गरेका छन ।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...