Friday 25th September 2026

वैदेशिक रोजगारमा जाने सबैभन्दा बढी धनुषा र सिराहाका


तितोपाटी- अघिल्ला वर्षहरु जस्तै कोरोनाकालमा पनि मध्य तराई भनिने प्रदेश नं २ र प्रदेश नं १ अन्तरगतको पूर्वी पहाडी जिल्लाका युवाहरु वैदेशिक रोजगारीमा बढी निर्भर देखिएका छन् । विगत केही वर्षदेखि उक्त क्षेत्रबाट वैदेशिक रोजगारीमा जाने क्रम बढेको थियो भने कोरोना कालमा पनि उक्त क्रम यथावत रहेको छ । सो क्षेत्रबाट मुलतः रोजगारीका लागि मलेसिया जाने कामदारको संख्या बढी हुने गरेकोमा मलेसियाको रोजगारी बन्द हुँदा पनि उक्त क्षेत्रबाट वैदेशिक रोजगारीमा जाने कामदारको संख्या देशका अन्य भागको तुलनामा बढी देखिएको छ ।

विगतका वर्षहरु जस्तै यसपटक पनि धनुषा र सिराहा जिल्लाबाट सबैभन्दा धेरै व्यक्ति रोजगारीका खोजीमा विदेशिएका छन् । फागुन महिनामा धनुषबाट ६ सय ३४ जना वैदेशिक रोजगारीका लागि गएका छन् । सिराहाबाट फागुनमा वैदेशिक रोजगारीमा जानेको संख्या ६ सय ९२ जना रहेको छ । तेश्रो स्थानमा रहेको झापाबाट ४ सय २२ जना वैदेशिक रोजगारमा गएका छन् भने चौथो स्थानमा मोरङबाट ४ हजार ३ सय विदेशिएका छन् ।

यस्तै पाँचौ स्थानमा रहेको महोत्तरीबाट ३ हजार ६० जना, सुनसरीबाट ३ सय ३५ जना, सर्लाहीबाट २ सय ७६ जना गएका छन् । पश्चिम बागमती प्रदेशको चितवन, लुम्बिनी प्रदेशका नवलपरासी, दाङ, रुपन्देही कपिलवस्तु जिल्लाबाट पनि उल्लेख्य संख्यामा वैदेशिक रोजगारीमा गएका छन् ।

केही वर्षअघिसम्म भारतको हरियाणा र पञ्जाबलगायतका शहरमा धनुषा, झापा, मोरङलगायतका जिल्लाबाट युवा काम गर्न जाने गरेका भएपनि पछिल्ला वर्षहरुमा मलेसिया र खाडी मुलुकमा जाने युवाहरुको संख्या बढेको छ ।मध्यान्ह न्युजबाट


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...