Thursday 29th October 2026

नेपाल समुहले चैत ४ र ५ मा राष्ट्रिय कार्यकर्ता भेला गर्ने, ओलीको चियापान बहिष्कार गर्ने


तीतोपाटी – नेकपा एमाले (माधव नेपाल) समूहको भेलाले चैत ४ र ५ गतेका लागि निर्धारण गरिएको राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ। सो समुहले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने चियापान कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको छ ।

सोमबार पार्टी कार्यालयमा बसेको प्रधानमन्त्री केपी शर्मा ओलीसंगको संवाद सकारात्मक हुन नसकेोको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले चैत ४ र ५ गते आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको हो ।

धुम्बाराहीको बैठकमा ओली र नेपाल पक्षबीच पार्टीभित्र देखिएको विवाद समाधनका विषयमा छलफल भएपनि निष्कर्ष निकाल्न सकेको थिएन। बैठकमा नेपाल पक्षले फागुन २८ गते ओली पक्षले गरेको निर्णय खारेज हुनुपर्ने अडान राखेको थियो तर ओली सो विषयमा सहमत नभएपछि बैठक बिना निष्कर्ष टुंगिएको थियो।

ओलीले मंगलबार आफ्नो सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रम आयोजना गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...