Sunday 1st November 2026

संसद स्वभाविक ढंगले नचले मुलुक ताजा जनादेशमा जान्छ -ईश्‍वर पोखरेल


उपप्रधानमन्त्री एंव नेकपा एमालेका महासचिव ईश्‍वर पोखरेलले संसद स्वभाविक प्रकृया अनुसार नचले ताजा जनादेशमा मुलुक जाने बताएका छन्। वीरगन्जमा बिहीबार प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले भने, ‘संसद स्वभाविक प्रकृया अनुसार चले ठिकै छ यदि त्यसो भएन भने मुलुक ताजा जनादेशमा जाने र त्यसका लागि तयार रहन पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन छ।’

उनले सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि नेकपा एमाले २०७५ जेठ २ गतेको अवस्थामा पुगेको र त्यही अनुसार अब अगाडि बढ्ने बताए। उनले माओवादी केन्द्रबाट एमालेमा आएका सम्पूर्ण नेताहरुलाई सम्मानजनक स्थान दिएर व्यवस्थापन गरिने पनि बताए।

अब सरकार र एमालेको पार्टीको एउटै उदेश्य मुलुकमा राजनीतिक स्थायीत्व प्रदान गर्ने र यसलाई नै केन्द्रमा राखेर सरकार र एमाले अगाडि बढ्ने पोखरेलले बताए। पुर्नजिवित एमालेले सबै बामपन्थि शक्तिहरुलाई समेट्दै अगाडि बढ्ने पनि उनले बताए।

फरक प्रसङगमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले कोरोना संक्रमणका कारण बन्द गरिएका भारतसँग खुल्ला सीमा जोडिएका वीरगन्ज सहितका नाकाहरु औपचारिक रुपमा खोल्ने विषयमा सरकारले छिटटै निर्णय गर्ने जानकारी दिए।

प्रेस संगठन पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा नेकपा एमालेका नेताहरु प्रभु हजरा, जय प्रकाश थारु, विश्वम्भर शर्मा, निर्मला देवकोटा लगायतको पनि उपस्थिति रहेको थियो।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...