Sunday 27th September 2026

चन्द्रावती अधिकारीको गजल संग्रह – १


श्रृङ्गार आचार हो पाउडर दलेर हैन ।
ईमानले बन्छ जीवन व्यर्थै छलेर हैन ।

हुनु छ सगरमाथा गरेर उच्चा शिर
केही पाउन कसैको पाउ मलेर हैन ।

धोको छ मेरो याैटै बोक्नु छ देशलाई,
बनेर पथ्थर जस्तै मैन झैँ गलेर हैन ।

सङ्घर्ष हो रे जीवन मिठो छ यही यहाँ,
उठ्नु छ हारबाट भुइँमा ढलेर हैन ।

टार्नु छ भोक यहाँ बनेर फल मीठो ,
दिनु छ प्यार किन्तु काउछो फलेर हैन ।

चन्द्रावती अधिकारी
कोहलपुर बाके


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षा, बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागका अनुसार…

लगातारको वर्षापछि सप्तकोसी नदीमा आएको बाढीका कारण सप्तरीका विभिन्न बस्ती डुबानमा परेका छन्। बाढीका कारण ५ सयभन्दा बढी परिवार विस्थापित…

देशभर केही दिनदेखि परेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा २१ जनाको ज्यान गएको छ। साथै ५ जना घाइते…

प्रतिकृयाहरू
...