Sunday 25th October 2026

वर्षाले देशभर सडक यातायात प्रभावित


लगातारको वर्षा, बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ।

सडक विभागका अनुसार पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा सञ्चालनमा रहेको छ। तर बीपी राजमार्ग, मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग, कान्ति राजमार्ग, कालीगण्डकी करिडोर, राप्ती राजमार्ग तथा त्रिभुवन राजपथका विभिन्न स्थानमा पहिरो र सडक क्षतिका कारण यातायात आंशिक वा पूर्ण रूपमा अवरुद्ध भएको छ।

अवरुद्ध सडक खुलाउन सडक विभागले पहिरो पन्छाउने र मर्मत गर्ने काम जारी राखेको जनाएको छ। केही सडकखण्ड आज र केही भोलिसम्म सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

सडक विभागले वर्षायाममा यात्रा गर्दा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र स्थानीय प्रशासन तथा ट्राफिक प्रहरीले दिएको निर्देशन पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।


सम्बन्धित शीर्षकहरु

आगामी बिहीबारदेखि देशभर मौसममा बदली भई तीनदेखि चार दिनसम्म वर्षा हुन सक्ने सम्भावना देखिएको छ। मौसमसम्बन्धी विश्लेषणअनुसार बंगालको खाडीबाट विकसित…

जर्मनीको बाभारिया राज्यस्थित ऐतिहासिक केल्स्टाइनहाउस (Eagle’s Nest) भवनमा शुक्रबार राति भीषण आगलागी भएको छ। दोस्रो विश्वयुद्धका समयमा नाजी नेता एडोल्फ…

नेपालीहरूको महान् चाड बडादसैँ आज कोजाग्रत पूर्णिमा पर्व मनाइँदै विधिवत् समापन गरिँदै छ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा…

प्रतिकृयाहरू
...