Tuesday 20th October 2026

अविरल वर्षाका कारण आएको बाढी–पहिरोमा २१ जनाको मृत्यु


देशभर केही दिनदेखि परेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा २१ जनाको ज्यान गएको छ। साथै ५ जना घाइते भएका छन् भने ५ जना अझै बेपत्ता छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा ७ जना र पहिरोमा १४ जनाको मृत्यु भएको हो।

विपद्का कारण १४३ घर पूर्ण रूपमा र ५१ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। ७४७ परिवार प्रभावित भएका छन् भने जोखिममा परेका करिब २ हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ।

असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोका घटना भएका हुन्। सबैभन्दा धेरै वर्षा नवलपरासी (पूर्व) को डेढगाउँमा ५४४.२ मिलिमिटर मापन गरिएको छ।


सम्बन्धित शीर्षकहरु

पश्चिम अफ्रिकी देश माली को पूर्वी मेनाका (Ménaka) क्षेत्रमा इस्लामिक स्टेट (आईएस) सँग सम्बद्ध उग्रवादी समूहले गरेको भीषण आक्रमणमा कम्तीमा…

अफ्रिकी मुलुक सुडानमा पछिल्ला केही दिनयता भएका ड्रोन आक्रमणहरूमा १६० भन्दा बढी मानिसको ज्यान गएको छ। चिकित्सक र मानवअधिकार समूहहरूले…

काठमाडौं महानगरपालिकाले नेपाली चलचित्र क्षेत्रको प्रवर्धन, स्थानीय रचनात्मक उद्योगको विकास र समुदायसँग चलचित्रलाई जोड्ने उद्देश्यसहित कात्तिक १३, १४ र १५…

प्रतिकृयाहरू
...