Sunday 25th October 2026

उत्तर प्रदेशमा भारी वर्षा, ५६ जनाको मृत्यु


भारतको उत्तर प्रदेशमा लगातारको भारी वर्षाका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ। पछिल्लो तीन दिनमा आएको वर्षा र आँधीका कारण १ हजारभन्दा बढी घरमा क्षति पुगेको छ।

बाढीको असरपछि राजधानी लखनऊसहित केही क्षेत्रमा विद्यालय बन्द गरिएको छ। उद्धार टोलीले प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेका छन्।भारी वर्षाले बालीमा पनि ठूलो क्षति पुर्‍याएको छ, जसका कारण आगामी खेती प्रभावित हुने चिन्ता किसानहरूले व्यक्त गरेका छन्।

यस्तै, ओडिशामा नदीहरूमा पानीको सतह बढेपछि ७० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। वर्षाका कारण पुल तथा सडकमा क्षति पुगेपछि केही पर्यटकीय क्षेत्रसमेत बन्द गरिएको छ।


सम्बन्धित शीर्षकहरु

आगामी बिहीबारदेखि देशभर मौसममा बदली भई तीनदेखि चार दिनसम्म वर्षा हुन सक्ने सम्भावना देखिएको छ। मौसमसम्बन्धी विश्लेषणअनुसार बंगालको खाडीबाट विकसित…

जर्मनीको बाभारिया राज्यस्थित ऐतिहासिक केल्स्टाइनहाउस (Eagle’s Nest) भवनमा शुक्रबार राति भीषण आगलागी भएको छ। दोस्रो विश्वयुद्धका समयमा नाजी नेता एडोल्फ…

नेपालीहरूको महान् चाड बडादसैँ आज कोजाग्रत पूर्णिमा पर्व मनाइँदै विधिवत् समापन गरिँदै छ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा…

प्रतिकृयाहरू
...