Wednesday 16th September 2026

कविताः बटुवा हुँ म – इन्द्र बान्तवा ‘देवा’


अनन्त यात्राको बटुवा हुँ म, बाटो देखाइदेउ।
लक्ष्यबिन्दुमा पुग्नु छ मैले, साहस भरिदेउ।

अन्धकारमा रुमल्लिरहेछु म, उज्यालो छरिदेउ ।
अज्ञानतामा लट्लिरहेछु म, ज्ञानबुद्धि भरिदेउ ।

दुविधामा अलमलिरहेछु म, सत्मार्ग देखाइदेउ ।

फोहोर दलदलमा फसेको छु म, हिमाल देखाइदेउ ।

कर्तब्य बिहिन मगनमस्त छु म, यथार्थ सम्झाइदेउ ।

मानविय गुणलाइ बिर्सिसकेछु म, मानवता जगाइदेउ ।

सहानुभूति होइन मलाई,उत्साहित बनाइदेउ।
अन्धकार यो अन्तरात्मा भित्र ज्योति बालिदेउ ।

-इन्द्रबान्तवा देवा’
कटुन्जे भोजपुर
हालः कुवेत ।


सम्बन्धित शीर्षकहरु

कुवेतको पुनरावेदन अदालतअन्तर्गत राज्य सुरक्षा इजलासले हिजबुल्लाहको सदस्यता तथा आर्थिक सहयोगसम्बन्धी मुद्दामा तल्लो अदालतले सुनाएको फैसला सदर गरेको छ। अदालतले…

मलेसियाले नेपालका २५ वटा म्यानपावर कम्पनीलाई मात्र एफडब्लूसीएमएस प्रणालीमार्फत श्रमिक पठाउने अनुमति दिएपछि विवाद उत्पन्न भएको छ। नेपाल सरकारले यसलाई…

अमेरिकाले पहिलो पटक आफूले अन्तरिक्ष (स्पेस) मा हतियार तैनाथ गरेको कुरा सार्वजनिक रूपमा स्वीकार गरेको छ। अमेरिकी स्पेस फोर्सका अनुसार…

प्रतिकृयाहरू
...