मुक्तक १
दिलको आखाको छेउबाट हेर्न मन थियो ।
आलिङ्गन गरि आत्माले नै बेर्न मन थियो ।
दुःखसुख यस्तै हो आउने जाने बतास नै हो
तिमीलाई हेरि हेरि तस्बिर कोर्न मन थियो ।
मुक्तक २
कोहि त छ मलाइ पछाडी बाट तान्ने ।
मौका परेको बेला पिठ्युँ ताकी हान्ने ।
दुःख पर्दा साख्खै हुन सक्छ ति पनि
आफू भन्दा अरुलाइ कत्ति नमान्ने ।
मुक्तक ३
कसरी बसु तिमी बिना तड्पिएर एक्लै ।
आत्मा जलाइ संसारमा भड्किएर एक्लै ।
माया पनि यस्तो होला भन्ने थाहा पत्तो छैन
कसरी बाँचु हिउँ जस्तै पग्लिएर एक्लै ।
मुक्तक ४
आखाको नानी सम्झ्न्छु तर हानी भएकै छ मलाइ ।
कसैलाइ राम्रो तर जानाजानी भएकै छ मलाइ ।
कति हेक्का राख्न सकिन तिम्रो मनको बेदना छ
जिन्दगी एक राम्रो आर्को खरानी भएकै छ मलाइ ।
मुक्तक ५
तिमीले दिएको माया दिल भित्र राखी सके ।
पाइन भनेर तिमीलाइ देवि भाकी सके ।
हाम्रो माया गहना सँग बराबरि हुने छैन्
तिम्रो मायाको मसौदा धेरै चोटि चाखी सके ।
सोमनाथ लुइटेल ‘रवि’
पाल्पाली
हाल:- युगाण्डा