Saturday 30th May 2026

सोमनाथ लुइटेल ‘रवि’ का ५ वटा मुक्तकहरू


मुक्तक १

दिलको आखाको छेउबाट हेर्न मन थियो ।
आलिङ्गन गरि आत्माले नै बेर्न मन थियो ।
दुःखसुख यस्तै हो आउने जाने बतास नै हो
तिमीलाई हेरि हेरि तस्बिर कोर्न मन थियो ।

मुक्तक २

कोहि त छ मलाइ पछाडी बाट तान्ने ।
मौका परेको बेला पिठ्युँ ताकी हान्ने ।
दुःख पर्दा साख्खै हुन सक्छ ति पनि
आफू भन्दा अरुलाइ कत्ति नमान्ने ।

मुक्तक ३

कसरी बसु तिमी बिना तड्पिएर एक्लै ।
आत्मा जलाइ संसारमा भड्किएर एक्लै ।
माया पनि यस्तो होला भन्ने थाहा पत्तो छैन
कसरी बाँचु हिउँ जस्तै पग्लिएर एक्लै ।

मुक्तक ४

आखाको नानी सम्झ्न्छु तर हानी भएकै छ मलाइ ।
कसैलाइ राम्रो तर जानाजानी भएकै छ मलाइ ।
कति हेक्का राख्न सकिन तिम्रो मनको बेदना छ
जिन्दगी एक राम्रो आर्को खरानी भएकै छ मलाइ ।

मुक्तक ५

तिमीले दिएको माया दिल भित्र राखी सके ।
पाइन भनेर तिमीलाइ देवि भाकी सके ।
हाम्रो माया गहना सँग बराबरि हुने छैन्
तिम्रो मायाको मसौदा धेरै चोटि चाखी सके ।

सोमनाथ लुइटेल ‘रवि’
पाल्पाली
हाल:- युगाण्डा


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच तनाव चर्किँदै जाँदा अमेरिकीले इरानको बन्दर अब्बासमा आक्रमण गरेपछि इरानले प्रतिकार स्वरूप कुवेततर्फ मिसाइल र ड्रोन हमला…

श्रीलंका सरकारले नेपाली नागरिकका लागि निःशुल्क पर्यटक भिसा (ETA) सुविधा घोषणा गरेको छ। काठमाडौंस्थित श्रीलंकन दुतावासले  जारी गरेको सूचनाअनुसार २५…

तालिबान शासनपछि Afghanistan का महिलाहरूको जीवन साँघुरो कोठाभित्र सीमित भएको अनुभूति हुन्छ। एक समय विद्यालय, विश्वविद्यालय, जागिर र स्वतन्त्र सपनाले…

प्रतिकृयाहरू
...