Friday 11th September 2026

लुलु ग्रुपले कुवेतको साल्मियामा ११ औं स्टोर संचालनमा ल्यायो (फोटो फिचर)


तीतोपाटी – अत्यावश्यक दैनिक उपभोग्य ताजा तरकारी, माछा, मासु एवं सञ्चय गरेर राख्न सकिने खाद्यबस्तु देखि स्टेश्नरी, फेशन, गार्मेन्टस, इलेक्ट्रोनिक्स तथा घरेलु उपयोगका सबै सामानहरू एकै छाना भित्र उपलब्ध गराउँदै आएको अन्तर्राष्ट्रिय ब्राण्ड लुलु ग्रुपले कुवेतको साल्मियामा नयाँ खुद्रा स्टोर आज २४ फेब्रुअरी २०२१ बुधबार देखि संचालनमा ल्याएको छ । साल्मिया स्थित टेरेस मलमा आजबाट शुभारम्भ गरिएको लुलुको उक्त खुद्रा स्टोर कुवेतको लागि ११ औं र अन्तर्राष्ट्रिय रूपमा २०२ औं स्टोर हो ।

साल्मियाको मुटुमा रहेको सलेम अल मुवारक स्ट्रिटमा संचालनमा ल्याइएको लुलुको उक्त नया स्टोरको कुवेत फुटबल संघका अध्यक्ष शेख अहमद अल युसुफ अल सबाहले लुलु ग्रुपका अध्यक्ष एवं प्रवन्ध निर्देशक युसुफ अलि एम.ए., कार्यकारी निर्देशक अस्रफ अलि एम.ए. तथा प्रमुख कार्यकारी साइफी रूपावालको भर्चुअल उपस्थितिमा उद्घाटन गरेका हुन् ।

अन्तर्राष्ट्रिय २०२ औं स्टोर शुभारम्भ समारोहमा लुलु ग्रुपका कुवेत तथा इराक निर्देशक मोहमद हारिस, कुवेत स्थित क्षेत्रीय निर्देशक श्रीजीत, कुवेत स्थित क्षेत्रीय ब्यवस्थापक अब्दुल कादर शेख लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । कोभिड संक्रमणको जोखिमलाइ ध्यानमा राखेर कोभिड – १९ को स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर शुभारम्भ कार्यक्रम सम्पन्न गरिएको थियो ।

२२२६ वर्ग मीटर क्षेत्रफल ओगटेको लुलुको आज शुभारम्भ गरिएको लुलुको उक्त खुद्रा स्टोरले एकै छाना मुनी सबै सेवा दिइ अहिलेको व्यस्त दैनिकीमा रहेका सेवाग्राहीहरूलाइ समयको बचत गर्न सहयोग गरेको छ । लुलुको उक्त स्टोरमा ताजा फलफूल र तरकारीहरू एवं माछा मासु, फ्रोजन माछा-मासु, किराना सामान, डेरी स्टोर, बेकरी, तातो खाना तथा स्वास्थ्य र सौन्यर्य प्रशाधनका सामाग्रीहरू प्राप्त गर्न सकिन्छ ।

ग्राहकहरूको सुविधालाइ ध्यानमा राखी विश्व बजारमा भएका उच्च गुणस्तर र स्वास्थ्यवर्धक उत्पादनहरूलाइ आफ्नो स्टोरमा स्थान दिंदै आएको लुलुले ग्राहकको सन्तुष्टीलाइ नै आफ्नो सफलता मानेकोले कुवेतमा रहेका ग्राहकहरूको आवश्यकतालाइ ध्यानमा राख्दै कुवेतकै स्थानीय र जैविक उत्पादनहरूलाइ पनि आफ्नो स्टोरहरूमा राख्दै आएको छ । लुलुको उक्त स्टोरमा पकाइएका ताजा खानको स्टल समेत रहेको छ ।


सम्बन्धित शीर्षकहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

प्रतिकृयाहरू
...