Wednesday 14th January 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – ९


गजल

सदन भित्रै मारामार, तानातान भयो किन ?
सुख शान्ति समृद्धिको, कुरा उखान भयो किन?

साथीभाई आफन्त मै घोचपेच डाहा ईर्श्या,
जस्को शक्ति उस्को भक्ति हानाहान भयो किन?

कैले सडक आन्दोलन कैले बन्द हडताल गरि,
दुख कष्ट दिने काम जानाजान भयो किन?

नियम कानुन सुशासन बिर्सियौ कि नैतिकता,
कानुनको दुरुपयोग, अपमान भयो किन ?

बढ्दै गयो बेथिति नि कतै छैन चाल निको,
प्रतिगमन मार्ग तिर देश उठान भयो किन ?

प्रतिमा शिवाकोटी
कालिन्चोक गा पा ८,सुनखानी दोलखा
बागमती प्रदेश ।


सम्बन्धित शीर्षकहरु

आइतबार (जनवरी १२) ह्वाइट हाउसले पुष्टि गर्‍यो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा तीव्र विरोध प्रदर्शनका बीच हवाई आक्रमण सहित…

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

प्रतिकृयाहरू
...