Tuesday 6th October 2026

पोल्यान्ड सीमाना नजिक रूसको ड्रोन आक्रमण, आक्रमणबाट विदेशी अधिकारीहरू जोगिए


युक्रेन र पोल्यान्डको सीमाना नजिक याहोडिन क्षेत्रमा रूसी ड्रोनले रेलको इन्जिनमा आक्रमण गरेको छ। आक्रमणमा कुनै मानवीय क्षति नभएको र सबै यात्रुलाई समयमै सुरक्षित स्थानमा सारिएको युक्रेनी अधिकारीहरूले बताएका छन्। आक्रमण हुनुअघि पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोनसन लगायत युरोपेली अधिकारीहरू चढेको विशेष कूटनीतिक रेल त्यहाँबाट निस्केर पोल्यान्ड प्रवेश गरिसकेको थियो। त्यसैले उनीहरू सुरक्षित रहे।

पूर्व अमेरिकी गुप्तचर संस्था (CIA) का निर्देशक डेभिड पेट्रेयस भने अर्को रेलमा थिए, जुन आक्रमणका बेला स्टेशनमै रहेको बताइएको छ।

युक्रेनले यो आक्रमण विदेशी अधिकारीहरूलाई लक्षित गरेर गरिएको हुन सक्ने जनाएको छ। युक्रेनी विदेशमन्त्रीले यसलाई “युरोप र नाटोका लागि रूसबाट आएको प्रत्यक्ष खतरा” भनेर टिप्पणी गरेका छन्।

रूसले भने आफ्नो निशाना पश्चिमी युक्रेनका त्यस्ता रेल पूर्वाधारहरू रहेको दाबी गरेको छ, जसबाट युरोपेली देशहरूबाट आउने सैन्य सामग्री ढुवानी गरिन्छ।

यस घटनापछि पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आक्रमणको निन्दा गर्दै युक्रेनी नागरिकहरूले दैनिक यस्तै खालका खतरा भोगिरहेको बताएका छन्।

हालका हप्ताहरूमा रूसले पोल्यान्ड सीमाना नजिकका क्षेत्रमा आक्रमण बढाएको छ। याहोडिन क्षेत्र पश्चिमी सहयोग र मानवीय सहायता युक्रेन भित्रिने प्रमुख मार्ग मानिन्छ।


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रतिकृयाहरू
...