Tuesday 6th October 2026

हुथी विद्रोहीको आक्रमणमा यमनमा ५०० बढी सरकारी सैनिकको मृत्यु


यमनको पश्चिमी तटीय क्षेत्रमा हुथी विद्रोहीसँग भएको एक महिनाको भीषण संघर्षमा ५०० भन्दा बढी सरकारी सैनिक मारिएका छन् भने करिब १,५०० जना घाइते भएका छन्।

सरकारी पक्षका अनुसार अगस्त ९ देखि सेप्टेम्बर १० सम्म चलेको लडाइँमा हुथी समूहका १,००० भन्दा बढी लडाकु मारिएका र हजारौं घाइते भएका दाबी गरिएको छ। यद्यपि यी तथ्याङ्क स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन्।

हालै हुथी विद्रोहीहरूले पश्चिमी तटीय क्षेत्रमा तीव्र आक्रमण गर्दै मोखा बन्दरगाह तथा रणनीतिक रूपमा महत्वपूर्ण बाब अल-मान्डब जलडमरूमध्य नजिकका क्षेत्रहरू आफ्नो नियन्त्रणमा लिएका छन्।

लडाइँ दक्षिणतर्फ फैलिँदै गएपछि अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको अस्थायी राजधानी एडेन नजिकसम्म युद्धको जोखिम बढेको छ।

-https://english.news.cn/20260913/2c74e2178a9944988b5088d039dc1c58/c.html


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा दुईवटा डुंगा आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु बेपत्ता…

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानका शिक्षा मन्त्री हबिबुल्लाह आगा र उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदिमविरुद्ध पक्राउ पुर्जी जारी…

प्रतिकृयाहरू
...