Thursday 8th October 2026

सर्वोच्चको निर्णय मान्‍नुपर्छ- देउवा, पुनर्स्थापना हुनुपर्छ- पौडेल


नेपाली कांग्रेसका सभापति शेरबाहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले एउटै मञ्चमै एक अर्काको पटाक्षेप गरेका छन्। सर्वोच्चलाई संसद्‍ पुस्थापना गर्न दबाब दिने वा स्वतन्त्र रुपमा गर्ने निर्णय पर्खने भन्ने विषयमा पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेलले फरक मत राखेका हुन्।

पोखरामा बिहीबार भएको नेपाल राष्ट्रिय मगर संघको प्रदेशस्तरीय प्रथम सम्मेलनलाई सम्बोधन गर्ने क्रममा पार्टी सभापति देउवाले हतार छ भन्दै पहिला बोल्दै संसद्‍ विघटन बारे सर्वोच्चले जे निर्णय गर्छ त्यसलाई मानेर जानु पर्ने बताए। सर्वोच्चले निर्वाचनमा जानुपर्छ भने निर्वाचनमा जाने र पुनस्र्थापना गर्छ भने त्यसै अनुसार अघि बढ्ने बताए।

वरिष्ठ नेता पौडेलले संसद्‍ विघटन अलोकतान्त्रिक, असंवैधानिक भन्दै खुलेर विरोध गर्नु पर्नेमा जोड दिए। नेता पौडल बोल्नु अघि नै सभापति देउवा हिँडिसकेका थिए। सभापति देउवाले प्रधानमन्त्री केपी ओलीले संसद्‍ विघटन गरेर देशलाई धु्रवीकरण गरे पनि सडकमा जुलुस निकालेर सर्वोच्चलाई यही गर्नुपर्छ भनेर दबाब दिन नहुने बताए। संसद्‍ विघटन कि पुनस्र्थापना के गर्ने भन्ने भोलि अदालतले फैसला गर्छ। ‘सडकमा जुलुस निकालेर दबाब दिइरहने हो भने किन अदालत चाँहियो’, उनले भने।

वरिष्ठ नेता पौडेलले प्रधानमन्त्रीले संसद्‍ विघटन गरेर ७० वर्षदेखि लड्दै विभिन्न चरणका आन्दोलन, सहिदको बलिदानबाट बनेको समावेसी संविधानमाथि कम्युनिस्टका प्रधानमन्त्रीीले हमला गरेकोले संविधान रक्षाका लागि सर्वोच्चले संसद्‍ पुनस्र्थापना गर्नै पर्ने बताए। अदालतले फैसला गर्दा पनि संविधानमा जे लेखिएको छ त्यही हुनु पर्ने उनले बताए। त्यो भनेको संसद्‍ पुनस्र्थापना भएको उनको जिकिर छ।

‘संविधान र लोकतन्त्र बच्यो भने निर्वाचन फेरि हुन्छ’, पौडेलले भने। प्रधानमन्त्री यो संविधान फाल्ने नियतले अघि बढेको पौडेलले आरोप लगाए। संविधान र लोकतन्त्र बचाउन संसद्‍ पुनस्र्थापना हुनु पर्नेमा उनको जोड छ।

संसद्‍ पुनस्थापना नभए देश गृहयुद्धमा जाने, अफगानिस्तान जस्तै बन्ने उनले सुनाए। ‘नेपाललाई बचाउने जिम्मेवारी सर्वोच्चको काँधमा आएको छ। हामी त पीडित पक्ष हाैँ, पौडेलले भने।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...