Tuesday 18th August 2026

कुवेतद्वारा प्रतिबन्धित मुलुकका कामदार कुवेत फर्कन फुकुवा, १४ दिन होटेल क्वारेन्टिइन बस्नु पर्ने


तीतोपाटी – कुवेत सरकारले सिधै कुवेत प्रवेशमा प्रतिबन्ध लगाएका ३५ मुलुकका कामदारलाइ आगामी २१ फेब्रुअरी २०२१ आइतबारको दिन देखि सिधा उडान मार्फत कुवेत आउन सकिने ब्यवस्था गरेको छ । तर त्यसरी कुवेत आउने यात्रुहरूले आफ्नै खर्चमा १४ दिन संस्थागत क्वारेन्टिनमा बस्नु पर्नेछ ।

कोभिड १९ को उच्च जोखिमको कारण देखाउँदै गत अगष्ट १ देखि कुवेतले नेपाल, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, फिलिपिन्स लगायत ३५ देशहरूका कामदारहरूलाइ सिधा उडान मार्फत कुवेत आउन प्रतिबन्ध लगाएको थियो ।

कुवेतको नागरिक उड्डयन निर्देशनालयलाई उधृत गर्दै अरब टाइम्समा प्रकाशित समाचार अनुसार अहिलेसम्म सिधा उडानको लागि प्रतिबन्ध लागेका मुलुकबाट त्यसरी सिधा उडान मार्फत कुवेत आउने कामदार लगायत सबै यात्रुहरूले कुवेत मोसाफर एपमा रजिष्टर्ड भएको हुनु पर्नेछ । त्यसै गरि कुवेतमा गरिने २ वटा पीसीआर परिक्षणको खर्च पनि यात्रु स्वयंले ब्यहोर्नु पर्नेछ भने सो को भुक्तानी कुवेत मोसाफर एप मार्फत अनलाइन भुक्तानी गर्नु पर्नेछ जसको लागि यात्रा गर्ने एयरलाइन्स वा एअरपोर्ट स्थित ग्राउन्ड ह्यान्डलिङ एजेन्ट मार्फत भुक्तानी गर्नु पर्ने छ ।

क्वारेन्टिन बस्नको लागि पनि यात्रुहरूले कुवेत मोसाफर एप वा बेलसलामाह एप मार्फत अनलाइन भुक्तानी गर्नु पर्नेछ भने क्वारेन्टिन बस्नको लागि कुवेत सरकारले तोकेका होटेलहरूमा बस्न सकिनेछ । यसरी क्वारेन्टिनमा बस्नको लागि कुवेत सरकारले तीन तारे होटेल, चार तारे होटेल र ५ तारे होटेलको ब्यवस्था गरेको छ भने यात्रीले रोजे अनुसारको होटल सम्म जानको लागि यात्रु स्वयंको खर्चमा होटेलले एयरपोर्ट देखि होटेल सम्म जाने यातायातको ब्यवस्था गर्नेछ ।

त्यसै गरि कुवेत प्रवेशमा रोक नलगाइएका मुलुक मार्फत कुवेत आउने यात्रीहरूले आफ्नै खर्चमा ७ दिनको होटेल क्वारेन्टिन बस्नु पर्नेछ भने भुक्तानीको लागि सबैले कुवेत मोसाफर एप वा बेलसलामाह एप मार्फत अनलाइन भुक्तानी गर्नु पर्नेछ । कुवेत आउन रोक नलगाइएका मुलुकबाट आउने यात्रुहरूलाइ क्वारेन्टिनको छैटौं दिनमा पीसीआर परिक्षण गरिनेछ र रिपोर्ट नेगेटिभ आएमा सातौं दिनमा क्वारेन्टिन पुरा हुनेछ ।


सम्बन्धित शीर्षकहरु

रूसले युक्रेनले हालै रूसभित्र गरेको आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि बेलायतमाथि युक्रेन युद्धलाई थप चर्काउने प्रयास गरेको…

सर्वोच्च अदालतले समाचार प्रकाशित गरेकै आधारमा पत्रिकाका सम्पादक वा प्रकाशकलाई गिरफ्तार गरी थुनामा राख्न नमिल्ने स्पष्ट गरेको छ। पत्रकार किशोर…

हर्मुज जलडमरूमध्यबाट गुज्रिरहेको एक जहाज अज्ञात क्षेप्यास्त्रको प्रहारमा परेर इन्जिन कक्षमा क्षति पुगेको र एक चालक दल सदस्य घाइते भएको…

प्रतिकृयाहरू
...