Friday 30th October 2026

देशभक्तिको धार भुत्ते भएपछि प्रधानमन्त्री भगवानप्रतिको आस्थामा खेल्दैछन् : गगन थापा


‘सीता माताको प्रदेशका नागरिकलाई होइन, ओली भगवान रामलाई नागरिकता दिन लागिरहेका छन्’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले ‘देश भक्तिको धार’ भुत्ते भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अहिले भगवानप्रतिको आस्थामा खेल्न थालेको बताएका छन् । आज (आइतबार) पर्सामा आयोजित विरोध सभामा नेता थापाले कुनै बेला प्रधानमन्त्रीले देशभक्तिको भावनासँग खेलेको स्मरण गराउँदै भने, ‘त्यो धार भुत्ते भएपछि तपाई हाम्रो भगवानप्रतिको आस्थामाथि खेल्ने कोशिस गर्दै हुनुहुन्छ ।’

उनले दुई वर्ष अगाडि सांसारबाट लखेटिएकी एक महिलालाई स्वागत गर्न देश नै ठप्प पारेको भन्दै उनले भने, ‘पहिला प्रधानमन्त्रीले कहिल्यै पशुपति सम्झिनु भएन । अहिले रुद्राक्षको गह्रौं माला लगाएर पशुपतिको चौराहमा घुम्दै हिन्दु धर्म मान्ने तपाईं हाम्रो आस्थामा खेल्न खोज्दै हुनुहुन्छ ।’

उनले थपे, ‘सीता माताको प्रदेशका कयौं नागरिकले नागरिकता पाएका छैनन्, तिनलाई नागरिकता दिउँ भन्दा प्रधानमन्त्री केपी ओली कहिल्यै तयार हुनु भएन । तर आज भगवान रामलाई नागरिकता दिन लाग्नु भएको छ ।’

प्रधानमन्त्री ओलीले गरेको संसद विघटन असंवैधानिक भएको भन्दै उनले अदालतले न्याय गर्ने विश्वास व्यक्त गरे । संविधानसभाबाट आफूहरुले बनाएको संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्ने ठाउँ नभएको भन्दै उनले भने, ‘अदालतले पनि यही संविधान पल्टाउने हो । यो पढेर संसद विघटनलाई वैधानिक भन्न पाउँदैन ।’

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

सल्यान जिल्लामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। शारदा नगरपालिका–१…

भुटानको उत्तरी हिमाली क्षेत्रमा रहेको शिन्टाफु (Shintaphu) हिमताल फुटेपछि आएको आकस्मिक बाढीले गासा छाचु (Gasa Tshachu) नामक प्रसिद्ध प्राकृतिक तातोपानी…

मध्यपूर्वमा जारी तनावबीच हर्मुज जलडमरूमध्य वरपरका समुद्री क्षेत्रमा शुक्रबार नयाँ घटनाक्रम देखिएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) नौसेनाले…

प्रतिकृयाहरू
...