Friday 30th October 2026

ओली समूहमा प्रवेश गरे जसपा नेता शिवजी यादव


जनता समाजवादी पार्टीका नेता तथा पूर्वसांसद शिवजी यादव प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन्।  यादवलाई प्रधानमन्त्री ओलीले मंगलबार पार्टीमा स्वागत गरेका छन्। जनतामा जाने ओलीको निर्णयलाई समर्थन गर्दै आफू उनीसँग गएको यादवले बताए।

‘मुलुकलाई अस्थिरतामा धकेल्ने खेल भइरहेको छ। जनतामा जाने निर्णयलाई समर्थन गर्दै म नेकपामा आवद्ध भएको हो।मलाई पार्टीले जुन जिम्मावारी दिन्छ, त्यसमै रहेर काम गर्छु। म पहिला पनि एमालेमै थिएँ,’ यादवले भने। महोत्तरीका यादव दोश्रो संविधान सभामा तत्कालीन समाजवादी फोरमका सांसद थिए।

२०६३ को मधेस आन्दोलनपछि उनी मधेसी जन अधिकार फोरममा आवद्ध भएका हुन्। एमालेमा रहँदा उनी वुद्धिजिवी र प्रवास कमिटीमा थिए।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

सल्यान जिल्लामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। शारदा नगरपालिका–१…

भुटानको उत्तरी हिमाली क्षेत्रमा रहेको शिन्टाफु (Shintaphu) हिमताल फुटेपछि आएको आकस्मिक बाढीले गासा छाचु (Gasa Tshachu) नामक प्रसिद्ध प्राकृतिक तातोपानी…

मध्यपूर्वमा जारी तनावबीच हर्मुज जलडमरूमध्य वरपरका समुद्री क्षेत्रमा शुक्रबार नयाँ घटनाक्रम देखिएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) नौसेनाले…

प्रतिकृयाहरू
...