Friday 25th September 2026

कुवेत प्रस्थान र कुवेत आगमनमा शुल्क लाग्ने


तितोपाटी- कुवेत आउने हरुका लागी र कुवेत बाहीर जाने यात्रुहरूका लागी सेवा शुल्क लागु हुने भएको छ।

आगामी जुन महीनाको एक तारिक देखी कुवेत विमानस्थलबाट छुट्ने यात्रुहरूको लागी ३ दिनर र कुवेत आइपुग्ने यात्रुहरूको लागी २ दिनर कुवेत अन्तराष्ट्रीय विमानस्थलले सेवा शुल्क लिने मन्त्रालयले निर्णय जारी गरेको  कुवेतस्थित– आवास मामिला राज्यमन्त्री र सेवा मामिला राज्यमन्त्री डा. अब्दुल्लाह माराफीले जारी विज्ञप्तिमा जानकारी गराएक छन।

मन्त्रीका अनुसार उक्त निर्णय आगामी जुन महीनादेखी लागु हुने र थप गरीएको रकम यात्रुको एयरलाइन्स टिकटमा थपिने र एयरलाइन्सकम्पनीहरूमार्फत सेवा शुल्क लगाइने बताए।

नागरिक उड्डयन महानिर्देशकका अनुसार (डीजीसीए) कुवेतले शुल्क लागु गरिनु पर्ने विषय केही समय अघि अनुमोदन गरिएको थियो रउक्त समयमा ( प्रस्थान र आगमनमा ४ दिनर लिनु पर्ने बताएपनी उक्त नियम लागु नगरेको बताउदै वास्तवमा, विश्वको सबैभन्दा कम एयरपोर्ट शुल्क मध्ये एक कुवेत रहेको बताएका छन। यो निर्णय १ जूनदेखि प्रभावकारी हुने र सबै यात्रुमा लागू हुने नागरिक उड्डयन समितिकाप्रवक्ता सा‘अद अल ओताबीले बताए


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...