Thursday 17th September 2026

कुवेतमा आप्रवासीका लागि सिविल आइडीको सट्टा म्याग्नेटिक कार्ड


तितोपाटी- कुवेतमा कार्यरत आप्रवासीहरुका लागी उपलब्ध गरिने सिविल आइडी कार्डलाई कुवेत सरकारले रद्द गर्ने भएको छ।

कुवेतस्थित आंतरिक मंत्रालयको उक्त योजना अनुसार गैरकुवेतीहरुको लागी सिविल आइडी कार्ड रद्द गरीने र उक्त सिविल आइडीकार्ड केबल कुवेती नागरिकको लागी मात्रै उपलब्ध गरिने भएको छ। रेसिडेन्सी मामिलाका अनुसार कुवेतमा रहेका प्रवासीहरूका लागि विशेष म्याग्नेटिक कार्ड जारी गरिने र जसमा व्यक्ति विवरण सबै डाटा समावेश हुने बताइएको छ ।

आन्तरिक मन्त्रालयको रेसिडेन्सी अफेयर्स डिपार्टमेन्ट रेसिडेन्सी दिने र एक्साट्सलाई भिसा दिने सम्बन्धमा विस्तृत अध्ययन गरिने भएको छ। सो निर्णय केबल कुवेतमा मात्रै नभएर विश्वका धेरै देशहरूले त्यहाँका बासिन्दाहरूलाई आवासीय कार्ड भनिने कार्डहरू प्रदान गरिएको छ जसमा सबै व्यक्ति विवरण डाटा समावेश गरिएको हुन्छ ।

अलराई समाचारमा दिएको जानकारी अनुसार पहिलो कदम भनेको नागरिक परिचयपत्र मात्र कुवेत नागरिकहरुमा सीमित गर्नु हो। यसले नागरिक सूचना कार्यालयका लागि सार्वजनिक प्राधिकरणमा भीड कम गर्ने बताइएको छ। पासीको स्थापना भएदेखि लगभग ३०मिलियन भन्दा बढी कार्ड एक्सप्याट्सलाई जारी गरिएको छ।

कुवेतमा कार्यरत कुनै पनी आप्रवासी नागरिकले स्थायी रूपमा कुवेत छोडी सकेपछी उक्त सिविल आइडीको दुरुपयोग गरेको  जस्ले गर्दा आफ्नो स्वामित्वमा ठेस पुगेको बताइएको छ।

आवासीय मामिलाहरूद्वारा जारी गरिएको आवासीय कार्डहरू देशका बासिन्दाहरूको उपस्थितिसँग जोडिने र जब उक्त व्यक्तिले कुवेतलाई स्थायी रूपमा छोड्न साथ तुरुन्त रद्द हुने बताइएको छ।


सम्बन्धित शीर्षकहरु

प्रशान्त महासागरको द्वीपीय राष्ट्र फिजीले एचआईभी (HIV) संक्रमितको संख्या तीव्र रूपमा बढेपछि राष्ट्रिय आपतकाल घोषणा गरेको छ। स्वास्थ्य मन्त्री एन्टोनियो…

नेपालमा तीन हप्ताअघि आएको विनाशकारी बाढीमा १४०३ भन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ५,१०० जना अझै बेपत्ता छन्।…

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको लडाइँ फेरि चर्किएको छ। अमेरिकाले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई आफ्नो समर्थन जारी रहने…

प्रतिकृयाहरू
...