Friday 30th October 2026

संविधान रक्षाको लागि जस्तोसुकै कदम पनि चाल्ने प्रचण्डको चेतावनी


तीतोपाटी – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई ठूलो संकटमा पुर्याउने कोशिश भएको भन्दै यसलाई रोक्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आदिवासी जनजाति महासंघ नेपालको राष्ट्रिय भेलालाई संवोधन गर्दै प्रचण्डले संविधानलाई बेवास्ता गर्दै संसद बिघटन गर्ने र मुलुकलाई ठूलो संकटमा पुराउने कोशिश भएकाले यसलाई जनताले नै रोक्नुपर्ने बताएका हुन् ।

उनले संविधान रक्षाको लागि जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने बताउँदै अहिलेको संवैधानिक निकायलाई सहजीकरण गर्न आवश्यक परे जनताको अदालतमा जाने धारणा राखे। उनले आफ्नै पार्टीको नेताले संविधानको मर्म र भावनालाइ कुल्चने अवस्था आउनु दुर्भाग्य भएको बताए ।

अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको तानाशाही प्रवृत्तिविरुद्ध धैर्यतापूर्वक र दृढतापूर्वक प्रतिकारमा उत्रन आह्वान पनि गरे । त्यस्तै नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले आफुहरु नै मुल पार्टी भएको भन्दै ओलीले गुटमात्र चलाइरहेको आरोप लगाए ।

कार्यक्रमका अन्य सहभागीहरुले संविधानको रक्षा गर्दै आदिवासी लगायतको अधिकार स्थापीत गर्न एकताबद्ध भएर लाग्नुपर्ने धारणा राखेका थिए ।


सम्बन्धित शीर्षकहरु

तेलअभिभ । इजरायलको संसदीय निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू नेतृत्वको गठबन्धनले बहुमत गुमाएपछि देशको राजनीति थप तनावपूर्ण बनेको छ। निर्वाचनको अन्तिम…

काठमाडौं । प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, प्रहरीका उच्च अधिकारी, राजनीतिक नेतृत्व र प्रधानमन्त्रीको नामसमेत जोडिएर बिचौलिया सञ्जालसम्बन्धी विवाद सार्वजनिक भएपछि…

नेपाल सरकारले PHP प्रणालीमा देखिएको गम्भीर साइबर सुरक्षा कमजोरी समाधान गरी ९३० वटा सरकारी वेबसाइट पुनः सञ्चालनमा आएको दाबी गरेको…

प्रतिकृयाहरू
...