Thursday 28th March 2024

संविधान, गणतन्त्र र राष्ट्रको पक्षमा संसद् विघटन : प्रधानमन्त्री ओली


काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन संविधान, गणतन्त्र र राष्ट्रको पक्षमा भएको बताएका छन् । आफ्नो समूहका अखिल नेपाल महिला संघ(अनेम) को बैठकलाई सम्बोधन गर्दै ओलीले संसद् विघटनबारे आफू जवाफ दिन तयार रहेको बताए ।

‘संविधानको धारा ७६ (७) र धारा ८५ अनुसार सिफारिस गरिएको छ । राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय अभ्यासका आधारमा सिफारिस गरिएको छ । अनि त्यति पनि नपढी कुदेका छन्’, ओलीले भने ।

संसद् विघटनको विषयमा राष्ट्रपतिको मर्यादा समेत ख्याल नगरिएको ओलीले बताए । संसद् विघटन प्रधानमन्त्रीले गरेपनि राष्ट्रपति माथि हमला गरिएको उनको भनाइ थियो । हिजो नक्कली राजालाई दाम चढाउनेले गणतन्त्र माथि हमला गरेको ओलीले बताए । ‘दरबार हत्याकाण्ड पछि खोजेर ल्याएको नक्कली राजालाई दाम चढाएको होइन ? अहिले फेरि गणतन्त्रमाथि हमला ?’, उनले भने ।

स्वतन्त्र न्यायलय र निर्वाचन आयोगलाई हमला गरिएको ओलीले बताए । ‘अदालतप्रति सम्मान छ । तर, हामीले भनेजसरी फैसला आएन भने सडकबाट संसद् पुनर्स्थापना गर्छौ । यो भनेको न्यायलयमाथि हमला होइन ?’, उनले भने । न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेको भनेर न्यायालय कमजोर पार्ने प्रयास भएको बताए ।

निर्वाचनको तयारी गरिरहेको निर्वाचन आयोगलाई हुल बाँधेर काम नगर्न धम्की दिएको ओलीले बताए । माधव नेपाल प्रचण्डको कार्यकर्ता नै भएको ओलीको भनाइ थियो । पार्टी, सत्ता र देश कब्जा गर्छु भनेर पार्टी एकता गरेको उनले आरोप लगाए ।

एकताको तीन वर्षसम्म कामै गर्न नसक्ने अवस्थामा पुगेको पार्टीले अहिले गति लिएको ओलीले बताए । ‘पार्टीमा सुद्धिकरण आवश्यक थियो । केहीलाई कारबाही र्गुपर्ने थियो, तर आफैं सुटुक्क’, ओलीले भने । तानाशाहीको विरुद्ध मात्रै सडकमा जानुपर्ने भए पनि अहिले लोकतन्त्रका विरुद्ध प्रचण्ड र माधव नेपालहरु सडकमा गएको उनले टिप्पणी गरे ।

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/११/३० प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...