Friday 26th April 2024

सस्तो लोकप्रियताका लागि चिप्लिए भित्ते राष्ट्रपति देखि फित्ते पत्रकार सम्म


तोयानाथ उपेक्षित – सस्तो लोकप्रियताका लागि होडबाजी गर्नेहरु मध्ये फित्ते पत्रकार देखि भित्ते राष्ट्रपति सम्म यसपटक फेरी नराम्ररी चिप्लिए । उनीहरुले भारतीय पत्रकार सुधिर चौधरीले हिमालय बेस क्याम्प पुगेर बनाएको एक सानो बृतचित्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रियतासँग जोडेर कोकोहला नै मच्चाए ।

अघिल्लो दिन प्रम केपी शर्मा ओली सँग अन्तरवार्ता लिएका जी न्युजका पत्रकार सुधिर चौधरीले भोलीपल्ट हिमालय बेस क्याम्प पुगेर बनाएको बृतचित्रमा सडक छाँप हुन पुगेका नेता देखि केही पत्रकारहरुले प्रम केपी ओलीलाई गाली गर्न भ्याए । उनले एभेरेष्ट नामाकरण गरेर अंग्रेजले सगरमाथा माथि त अन्याय गर्यो नै, भारतीय गणितज्ञ सिग्दरको अपमान समेत भयो भन्ने आशय व्याक्त गरेका थिए । हिमालयलाई पुकारिने स्थानीय भाषाका नाम माथि उनको कुनै दावी थिएन । सगरमाथा नाम हामी नेपालीहरुले पुकार्ने नाम हो । उनले हिमालयको उचाई नाप्ने भारतीय नागरिक सिग्दर जसले हिजो सम्म मानी आएको उचाई पत्ता लगाउने काम गरेको भए पनि कपटबस अंग्रेजले एभरेष्ट नाम दिएर संसारलाई झुक्यायो । उनको आपत्ति यसैमा थियो । एभरेष्ट नाम बदलेर सिग्दर राख्न पर्नेमा भारतीयले पनि दावा ठोक्न पर्ने भनेका थिए नकी सगरमाथा नाम लाई उनले अपमान गरे ।

प्रधानमन्त्री ओलीको लोकप्रियता चौधरीको अन्तरवार्ता पछि झन चुलिएको मन नपराएकाहरुले हिमालमा दावी गर्नु पर्दछ भन्यो भन्दै प्रम माथि तथानाम बोल्न थाले । प्रम ओलीले बोलाएर ल्याएको पत्रकारले नंग्याएर गयो सम्म भनियो । अन्तरवार्ता कस्तो थियो? ओलीले कसरी गोली हाने? भनेर त्यसको कन्टेन्टमा कसैले बोल्ने हिम्मत गरेनन् । गर्व गर्न लायक यस्तो अन्तरवार्ता दिने ओली मात्र नेपालका पहिलो प्रधानमन्त्री हुन भन्न पर्ने थियो तर यहाँ त अर्कै गाईजात्रा शुरु भयो ।

पत्रकार रबी लामिछाने विगतमा हतार गरेर चटपटे समाचार बनाउदै भुत समात्न जादा र आँखामा पट्टी बाधेर एउटा बालकलाई अदभुत बनाउन खोज्दा चिप्लिएका थिए । अब त सचेत भए होलान् भनेको तर रहेनछन् । न्युज ब्रेक गर्ने हतारोमा हुने त्रुटी त सच्याउन सजिलै हुन्छ तर विकेक र तर्क गुमाएर दिईने समाचार र अभिव्याक्तिहरुको सच्चिन सक्दैनन बरु दण्डनिय हुन्छन् । विगतमा उनले त्यस्ता समाचारहरुमा अन्धविश्वास र अर्धज्ञान भयंकरी भन्ने झल्काउदै सवैलाई उल्लु बनाउन खोज्दा आफै उत्तानो भएका थिए । यसपटक उनले प्रधानमन्त्रीको साईज नाप्न चौधरीको टालो खोज्दा झन नराम्ररी पछारिए । अधिक पूर्वाग्रही मानसिकता बनाएर गरिने पत्रकारिताको परिणाम नै यस्तै हुन्छ । किनकी विवेक र बुद्धि भन्दा पूर्वाग्रहको नशामा उसले होस गुमाउछ, त्यस्तै भए रबी । उनले लाज छोप्न भोली पल्ट पत्रकार चौधरीलाई फोन लगाएर सवैलाई देखाउन खोजे तर उसले रबीलाई गन्दै गनेनन् । सामान्य हिन्दीमा बोलेको कुरा नबुझेर वा बुझ पचाएर चौधरी र आफ्नै देशका प्रमको विरुद्धमा राष्ट्रिय मिडियाबाट अनर्गल विष बमन गर्ने पित पत्रकारिताको शैलीमा रबीले बोलेको उसले पनि हेर्यो होला । रबीले के का लागि आफ्नो बचाउ गर्न फेरी उसैलाई दोष दिदै चौधरी आफ्ना सवालको डरले भाग्यो भने लाजको पसारो । यसो त चौधरी पनि रबीका बढा भाई नै हुन मिसनकारिताका लागि ।

म रबीको प्रशंसक थिए तर अब पुनर्विचार गर्दैछु । उनले संयमता र विवेक पुरयाउन् । उनको समर्थनमा विगतमा उठाएका आवाजहरुले गर्दा मैले पनि आफ्नै सहकर्मीहरुबाट समेत धेरै गाली सहनु परेको थियो । मैले ती सवै कुरालाई गतिला जवाफ दिएर रबीलाई महान राष्ट्रभक्त युवा नै भनिरहे तर नारायाणी किनारबाट आए पछि रबीका भाषा र शैली पक्षधरतामा देखिन थालेका छन । पूर्वाग्रहमा पोखिन थालेको महसुस हुन थालेको छ । उनलाई कसै कसैले फेसबुकमा प्रधानमन्त्री बनाई रहँदा, संञ्चारमन्त्री बनाई रहँदा उनको आकांक्षाहरु अतालिएका होलान, मनोकांक्षा उकासिएको पनि होला तर चर्को स्वर सम्म त ठिकै हो, झुठो बकबास गर्नू अघि सोच्न पर्दछ । प्रम को प्रशंसामा संसारले तालि बजाएको बेला रबीले गाली गर्ने कुरा ले उनी पत्रकारिता गर्दैछन की अन्तै बाट चल्दैछन शंका जन्माएको छ । उनलाई हाती जस्तो देख्ने मेरा आँखाले अहिले बोका जस्तो सानो देख्न थालेको छ ।

भित्ते राष्ट्रपति देखि सडकका अधिपतिहरुले पनि रबीकै शैलीमा बोले, अझै कतिले दाेहोर्याइ तेहेर्याइ अझै बोलिरहेका छन । उनीहरुलाई साँचो कुरा चाहिन्दैन बोल्नलाई बस रिफ्रेन्स भए पुग्छ जस्तो लाग्दछ । यस्तो अराजक शैलीको राजनीती, उदण्ड भाषा र व्यवहार न कांग्रसीजनले गरेका देखिन्छ न त राप्रपाले नै । समाजवादीमा समेत भारुराम र थुक काजी बाहेक कोही उदण्ड भएर र तर्कहिन, लज्जास्पद र बेतुकका कुरा र तर्क गरिरहेको देखिन्दैन ।

यहाँ प्रम ओलीले ठिक गरेका हुन भन्ने आम कुरा मेरो होईन । उनको बाध्यता, राष्ट्रको आवश्यकता, अनि वाह्य शक्तिको चलखेल भत्काउन उनले चालेको कदम भने किमार्थ ठिक हो भन्ने आशय यो लेख को हो । मुद्धा अदालतमा चलिरहेको छ तर अदालतले संसद पुर्नस्थापना गरेन भने देखाई दिन्छु, यहाँ कयामत हुन्छ भनेर भाषण गर्ने भित्ते राष्ट्रपतिले पनि पत्रकार चौधरीको कुरा नबुझेको देख्दा उनको पछि लाग्ने मानिस कस्ता होलान भनेर सोच्न बाध्य छु । उनले पनि हो मा हो मिलएको देख्दा अब चाहिँ अन्तिम छटपटीमा रहेछन् भन्ने लाग्दैछ ।

प्रम केपी ओलीले दिने जवाफ मौन छ । समय आए पछि कयामत हुदो रछ की गयामत हुदो रहेछ सवैले देख्नेछन । प्रम ओलीले धेरै खालका चुनौती प्रस्तुत गरेका छन । उनले भने मेरो एउटा मानिसलाई सत्तामा देखाउ ? अनि म जसरी नै सार्वजनिक ठाउँमा बोल । यसको जवाफ उनका समर्थकहरुले माग्न किन सक्दैनन आफ्ना नेतासँग ? अहँ कसैले सकेका छैनन् । उनले आफ्नो सम्पत्ति मरणोपर्यान्त ट्रस्टलाई दान गरिसके । तर प्रमलाई भ्रष्टचारी भन्नेहरु को न तर्क मिल्छ न आधार केही छ । के का लागि र किन चाहियो उनलाई सम्पती र भ्रष्टचार गर्दछन ? सामान्य मानिसको चेतानाले पनि कुरा बुझदछ । आरोपको पनि आधार पो चाहिन्छन् त ।

उनले भारतलाई जसरी चुनौती साथ नेपालको शिर उच्च राख्ने भाषामा निडरतापूर्वक विगत देखि नै एउटै भाषा बोलिरहेका छन अरु सडकमा चिच्याउने कुनै नेताले झुक्एिर एक शव्द पनि कतै बोलेको सुन्न पाईन्दैन । सत्तामा रहँदा त परैको कुरा सडकमा हुँदा पनि बोल्दैनन् । अनि ओलीको राष्ट्रवादमा शंका ?

यसर्थ ओलीले चालेको कदम संविधानमा मिलोस नमिलोस जनताको भावना र चाहानासँग भने पुरापुर मिलेको छ । त्यही भएर ओली जान पनि पर्दैन ओलीको नाम काफी छ । जनता हजारौ सडकमा आईरहेका छन । उनलाई जनताबाट पर राख्ने डिजायन देश भित्र र बाहिरबाट भएको हो भन्नेमा अब पनि कसैमा दुविधा छ भने कसैले ओलीको भाषामा आफ्ना नेतालाई कुनै सार्वजनिक मिडियामा बोल्न लगाओस अनि सोच्न सकिन्छ । कोही छ त्यस्तो बहादुर नेता ?


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...