Friday 29th March 2024

कविताः जीवन विज्ञान – लोक छन्दः झ्याउरे -हरि शर्मा (गलकोटे कवि)


आफूको पति आफू नै स्वयम् भएमा उत्तम
आफूको गति अरुले तय गरेमा खतम
विवेकसाथ भएको मान्छे प्रयोग गरेमा
आफूको मार्ग सफल हुन्छ पुगिन्छ लक्षमा ।१।🌷🙏🌺

उद्देश्य आफ्नो खोजेर राखी त्यसैमा लागेमा
लक्षको तय अगृम गरी दृढता राखेमा
सफल कार्य अवश्य बन्छ सृष्टिको नियम
नगरी कर्म फलको आशा नगर्दा उत्तम ।२।🌷🙏🌺

ज्ञानको कुरा सुन्नको लागि फुर्सद नहुँदा
लोकमा मान्छे इशाराबाट चलेको देखिन्छ
भनेर ज्ञानी जनले बोल्छन् सज्जनहरूले
अरुको कुरा सुन्दैनन् किन मनुजहरुले ।३।🌷🙏🌺

हरेक कुरा अरुको मुख ताकेर हिँडेमा
अवश्य पनि अलत्र हामी पर्दछौ बिचमा
आफूको सुख अरुले दिन्छ भनेर सोच्दछौँ
कसरी लाभ आफूको होला भनेर खोज्दछौँ ।४।🌷🙏🌺

यसैले होला सबैले दोष अरुमा थोपर्ने
आफूको गल्ति कसैले पनि स्विकार नगर्ने
दुवैले आफ्नो स्वार्थमा लाग्दा लडाइँ पर्दछ
दुबैले लिने दिनको जिम्मा कसको पर्दछ ? ।५।🌷🙏🌺

आफूले आफू सुधार गरे समाज बन्दछ
मान्छेले भने अरुले गर्दा बिग्रेको भन्दछ
अरुको आशा गरेर बस्दा निराशा मिल्नेछ
अरुले पनि आफूको लाभ खोजेर हिँड्दछ ।६।🌷🙏🌺

अरुको गल्ति खोजेर हिँड्ने मानव आजका
सबैले बुझौँ ज्ञानको कुरा दिएको सन्देश
जीवन पनि विज्ञान जस्तै तथ्यमा चल्दछ
कर्मले मात्र मिल्नेछ फल ज्ञानीले बोल्दछ ।७।🌷🙏🌺
हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...