Tuesday 8th September 2026

गजल -कपिल देव भट्टराई


दिलमा आगो लगाएर जान्छौ कहाँ ।
रातीको निन्द्रा भगाएर जान्छौ कहाँ ।।

न भुल्न सक्छु न छोड्न तिमिलाई,
मनमा डेरा जमाएर जान्छौ कहाँ ।

हिजो सम्म प्रेम के हो थाहा थिएन,
आज यो पत्र थमाएर जान्छौ कहाँ ।

मायाको डोरिमा बाधेपछि छुट्नै गाह्रो,
यसरी हात न समाएर जान्छौ कहाँ ।

-कपिल देव भट्टराई
हालः युएई


सम्बन्धित शीर्षकहरु

भोटेकोसी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको १३ औँ दिनमा नेपालले सोमबार राष्ट्रिय शोक मनाएको छ। बाढीमा ज्यान गुमाएकाहरूको…

भोटेकोसी नदीमा आएको विनाशकारी हिमबाढीमा परी मृत्यु हुनेको संख्या १,३५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार…

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

प्रतिकृयाहरू
...