Friday 14th August 2026

कविताः सरकार बिना देश चल्दैन भने – सुशिल बस्याल


सरकार बिना देश चल्दैन भने
भस्ट्रचार बिना नेता बन्दैन भने
हामीलाई नि केहि खोजी देउ
सरकार बिना देश चल्दैन भने ।

देशलाई तिमी हैन श्रीमति बनाउछिन
बेलुका आज कति मिल्यो
भनेर प्रश्न सोझ्याउछिन
सरकार बिना देश चल्दैन भने ।

छोरालाई तिमी भन्ने गर्छौ ।
भोलिको काम दाहिने भयो भने
छोरो तिमी बुलेट चढ्छौँ
सरकार बिना देश चल्दैन भने ।

हिसाब गर्दा गर्दै टुङ्गो नलाएसी
खाजा खर्च मै ठोक्छौ बिल
राज्यकोष रित्यायाै जनता उल्लु बनाएसी
सरकार बिना देश चल्दैन भने ।

ठाउँमा पुग्न पाए गर्छु भन्थ्याै
भोट माग्न १० चोटी आउँथ्याै
औकात मिल्न छोड्यो हाम्रो
तिमी बिना देश चल्दैन भने ।

यादै होला आफ्नो हातमा डाडु हुदा
झिक्न थाल्याै पोखिन्जेल
फर्की हेरेनौ जनता पिडामा रूँदा
सरकार बिना देश चल्दैन भने ।

महङ्गो साडी किनेर आमाको पाउ समायौँ
परिश्रमकै पैसा भए हात किन कमायौँ
आशीर्वाद दिदा नमज्जाले दच्कियौँ
सरकार बिना देश चल्दैन भने ।

सरकार बिना देश चल्दैन भने
म बिना तिम्रो सरकार चल्दैन
म भनेको जनता हो ।
जनता बिना सरकार चल्दैन भने ।

जनताको परिश्रम मिनेटमै उडायौ
आफ्नो कार्यकाल सुतेर,लुटेर बितायौ
बिकासको नाममा बिनास गरायाै
सरकार बिना देश चल्दैन भने ।

-सुशिल बस्याल


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (NOAA) का अनुसार हाल विकसित भइरहेको ‘सुपर एल निनो’ सन् १९५० यताकै सबैभन्दा शक्तिशाली…

सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा नियन्त्रण गर्न नयाँ मापदण्ड लागू गरेको छ। अब कुनै पनि कर्मचारीलाई विदेश…

जापानको चिबा प्रान्तमा रेकर्ड वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ। लगातारको वर्षाले सडक, रेल…

प्रतिकृयाहरू
...