Thursday 25th April 2024

म कसरी एनआरएन भएँ?


तोयानाथ उपेक्षित- खाडी मुलुकमा रहेका मानिस कसरी एनआरएन भए ? एउटा लामो च्याटिंगको शुरुमा यो सवालले म माथि हमला भयो । मैले अपरिचित फेसबुक मित्रलाई नम्रतापूर्व एआरएनको फुलफर्म बताए । मलाई थाहा थियो उहाँ को उत्सुकता फुलफर्म का लागि थिएन ।

साउदीबाट भन्दै म सँग कुरा गर्ने मित्र बास्तबमा कुवेत मै थिए । त्यसो त उनी साउदी पनि ३ बर्ष बसेका रहेछन अनि कतार पनि । उनको तेश्रो गन्तव्य कुवेत रहेछ । कुवेत बसाई दुःखद रहेको उनको कुराकानीबाट बुझदै गए । मैले लगातार उनीसँग को कुराकानी प्रेम भावका साथ अघि बढाए पछि उनले पनि म माथि आशा र भरोसा गर्दै आफ्ना समस्या बताउन थाले ।

एक सय असी दिन खाडीमा बसेका मानिस एनआरएनको सदस्य हुन सक्दछन तर यो नेपाली नागरिकता नभएकाहरुको संस्था हो भन्ने उनको बुझाई लाई सत्य मान्ने हो भने खाडी राष्ट्रमा कार्यरत कोही पनि एनआरएन हुन सक्दैनन । यसलाई मैले विट मार्दै उनको जिज्ञाषा मेटाए । मुलुकका लागि योगदान गर्छु भन्ने मानिस जुनै देशमा भए पनि त्यसलाई एनआरएनको विधानले समेटदा नाई नाई भन्न पर्ने के कारण छर ? एनआरएन को विधान ले खाडीका मजदुरलाई एनआरएन मा समेटे पछि छाता संगठन वा मुल संस्था त एनआरएन भएको पनि सत्य नै हो । यसलाई उपयोग गर्दै हुने र सक्ने ले देशको सेवा र मायामा योगदान दिन्छन, नहुने ले एनआरएन बाट राहत र सहयोग लिन्छन । यसो भएका ले एनआरएन हुनलाई नेपाली नागरिकता ले अछुतो पार्दैन र बाधा पनि गर्दैन । पुरानो परिभाषामा गएर तर्क गर्न पनि भएन । अहिले एनआरएन खाडीमा जुन अवस्थाको संगठनका रुपमा विकाश भईसकेको छ जुन विवाद गर्ने स्टज मा पनि छैन । त्यो चरण धेरै साल पहिले पार भईसकेको हो । उनी कन्भिन्स भए तर उनको मर्म र आशय भनेको म जस्ता लाई के सहयोग गर्न सक्छ भन्ने रहेछ । एनआरएनको गुणगान गाउदा त्यसले हामीलाई समेट्छ की समेट्दैन भन्ने बुझ्नु नै उनको सवालको अन्तत्वागोत्वा आशय रहेछ ।

बास्तबमा उनी चीरपरिचित केही एजेन्टहरु बाट कुवेतमा कारपेन्टर भनेर आएका रहेछन । उनीसँग आएका १० मध्ये अहिले २ जना १५ महिना देखि ईलिगल रुपमा काम गर्दै रहेछन एक जना चाही २५ महिना देखि काम र दाम नमिले पनि त्यही कम्पनीमा रहेछन । बाकी ७ जना मध्ये कोही जेलको बाटो त कोही स्पोन्सर आफैले टिकट काटेर नेपाल पुगेका रहेछन । म सँग च्याट गर्ने मित्र पनि ईलिगल रुपमा कुवेतमा छन । उनले पहिलो साहुसँग ३ महिनाको तलब माया मारेर बाहिर हिडेको बताए । शुरुमा दुतावासलाई टेलिफोन मार्फत कुरा गरेको तर कुनै राहत र सहयोग नपाउने देखिए पछि कम्पनी छाडेर हिडेको सुनाए ।

दांग घर पोखरेल थर का मानिस लाई कुवेत ल्याउने मानिस एक जना बुटवल का हुन भने अर्का दांग तिर कै रहेछन । सवै कुराकानी पछि मैले समाचार बनाउने कुरा गरे । तर उनले मानेनन । अझै तिनै एजेन्टको सहयोगमा घर जाने आशामा भएका ले अहिले नै चाहि नगरुम म पछि भनौला भने पछि मेरो यो आर्टिकल समाचारको रुपमा प्रकाशन हुन सकेन । खैर जे होस एनआरएन ले यस्ता मानिसलाई खाना र दाना सम्मको अभाव टाल्न सक्ने भए पनि घर नै पठाउन सक्ने कुरा हुदैन । कानूनी अप्ठयारा निम्ठयाउन दुतावासले मात्र सहयोग गर्न सक्छ । एजेन्ट लाई दायीत्वबोध गराउन सक्छ । स्पोन्सरबाट उछिटिएको महिनौ पछि स्पोन्सर खोज्दै हिड्न पनि उपयुक्त हुदैन । पिडा अभिव्याक्ति उति बेला नै गर्दा त्यो युक्ति संगत हुन्छ ।

खैर जे होस एनआरएन ले धमाधम विचल्लीमा परेकाहरुलाई खोजी खोजी गरिरहेको सहयोग ले पारेको सकरात्मक पाटो त्यो च्याट को गुदी थियो । एनआरएन को एउटा सल्लाहकारको हिसावले मैले गर्व गर्दैछु यस्तो श्रेयका हकदार कुवेतको एनआरएन हो । सवै एनआरएन कुवेतका पदाधिकारीहरु र सदस्यहरु बधाईका पात्र छन ।

कुवेतमा बस्ने सवै एनआरएन हुन, फरक यति हो कसैले सदस्यता लिएका छन कसैले लिएका छैनन । एनआरएन मुद्धा विशेषमा सवैको साथमा छ भन्ने सन्देश र काम यसको परिचयका लागि काफी छ । उनी जो ईलिगल छन उनी र म दुवै मा एनआरएन अन्तरघुलित छ । एनआरएन हुन सदभाव भए पुग्छ यसका लागि नसक्ने ले केही दिन पर्दैन ।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश…

नेपाली कथानक चलचित्र “महाजात्रा” यहि २५ अप्रिल २०२४ बिहीबारबाट कुवेतमा प्रदर्शनमा आउने भएको छ। कुवेत फाहाहिल स्थित आजीएल मलमा रहेको…

नेपाल र कतारबीच विभिन्न विषयमा सम्झौता तथा समझदारी भएको छ । कतारका अमिर तमिम विन हमाद अल थानीको नेपालको राजकीय…

प्रतिकृयाहरू
...