Friday 16th October 2026

कतारबाट स्वदेश फर्किने नेपालीहरुका लागि दूतावासको जरुरी सूचना


तितोपाटी- कतार देखी काठमाडौँ यात्रा गर्दा कानुनले तोके भन्दा बढी र अन्य ब्यक्तिको बहुमुल्य बस्तुहरु नबोक्न दूतावासले अनुरोध गरेको छ ।दूतावासले सोमबार एक सूचना जारी गर्दै विभिन्न प्रलोभनमा परी सुन लगायतका बहुमुल्य वस्तुहरु नलैजान भनेको हो ।

‘कतारबाट नेपाल जाने केही नेपालीहरुले अन्य व्यक्तिको अनुरोधमा वा विभिन्न प्रकारका प्रलोभनमा परी सुन लगायतका बहुमुल्य वस्तुहरु लेजाने तथा यसै कारणले नेपालमा विभिन्न समस्यामा परेको सूचनाप्रति राजदूतावासको ध्यानाकर्षण भएको दूतावासले जारी गरेको सूचनामा भनिएको छ। कतारमा रहँदा आफूले खरिद गरेको सुन लगायतका बहुमुल्य बस्तुहरु नेपालको प्रचलित कानूनले तोकेको परिमाणभित्र नेपाल लैजाँदा उक्त वस्तुहरुको खरिदबील सँगै राखेर मात्र नेपाल लैजानुहुन सबैमा अनुरोध गरेको छ ।

कानुनले तोकेको परिमाणभन्दा बढी बहुमुल्य वस्तुहरु बोकेको पाइएमा त्यस्तो सामान जफत र कारबाही समेत हुने भएकाले जुनसुकै बहानामा भएपनि अन्य व्यक्तिको सामानहरु लिएर यात्रा नगर्न दुतावासले सचेत गराएको छ ।

त्यस्तै दोहाबाट काठमाण्डौ यात्रा गर्दा खरिदबील साथमा नरहेका वा आफ्नो स्वामित्व प्रमाणित नहुने सामानहरु नलैजान दुतावासले अनुरोध गरेको छ ।


सम्बन्धित शीर्षकहरु

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न…

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय…

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको…

प्रतिकृयाहरू
...