Friday 16th October 2026

साउदीबाट फर्किए २२ हजार नेपाली


तितोपाटी- साउदी अरेबियामा कोभिड-१९ को जोखिम बढेपछि अलपत्र परेका २२ हजार नेपाली स्वदेश फर्किएका छन्। विभिन्न कारणले अलपत्र परेकालाई नेपाल एयरलाइन्स, हिमाल एयरलाइन्स, एयर अरेबिया, फ्लाई दुबई, अल जजीरा तथा सलाम एयरलाइन्सको चार्टर्ड उडानद्वारा हालसम्म १८ हजार ८ सय ४२ जना स्वदेश फिर्ता भएका छन् भने २ सय भन्दा बढी शवहरु पठाइएको छ।

साउदीस्थित नेपाली दुतावास रियाद तथा वाणिज्य दुतावास जेद्धाको सहयोगार्थमा साउदी सरकारले हालसम्म कम्पनीमा कार्यरत रहँदा अर्कामा नविकरण नगरेका १ हजार ४ सय ४८ जना नेपालीलाई वहिर्गमन भिषा जारी गरेको छ भने दुतावासले साउदीमा कार्यरत नेपालीको पासपोर्ट नविकरण लागी आफ्नो फेसबुक पेजमार्फत आवश्यक विवरण सहित अनलाइन फारमको व्यवस्था गरेको छ।

पासपोर्टको नविकरणका लागि आवश्यक कागज संकलनको सहजीकरणका लागि साउदीका विभिन्न शहरमा अस्थायी कार्यालयको समेत व्यवस्था गरेको छ।
अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा प्रवासी नेपाली समन्वय समिति साउदी अरेबियाले आप्रवासी कामदारको हकहितको मध्यनजर गदै श्रमिकले भोग्नुपरेको समस्या र समाधानबारे अन्तरकृया कार्यक्रम गरेको छ भने दुतावासको सहयोगमा साउदीको विभिन्न शहरहरुमा हेल्थ डेस्कसमेत संचालन गरेको छ।

साउदी सरकारले कोरोना भाइरसको मध्यनजर गर्दै २१ डिसेम्बर देखि एक हफ्ताको लागि सबै इन्टरनेशनल उडान बन्द गरेको छ भने नेपाली दुतावास रियाद र वाणिज्य दुतावास जेद्धाका अनुसार हालसम्म ८८ नेपालीको कोरोना भाइरसबाट मृत्यु भएको छ।

कोरोना भाइरसबाट साउदीमा हालसम्म ३ लाख ६१ हजार ९ सय ३ जना संक्रमित हुनुको साथै ६ हजार १ सय ६८ जनाको मृत्यु भएको छ भने ३ लाख ५२ हजार ८ सय १५ जना निको भएका छन्।

साभार अन्नपूर्णपोस्ट बाट


सम्बन्धित शीर्षकहरु

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न…

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय…

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको…

प्रतिकृयाहरू
...